|

अग्नी पिडितलाई सिरक वितरण

मुक्तिप्रसाद न्यौपाने,मंसिर ७, पाल्पा-जाडोको आगमन संगै अग्नी पिडीतलाई ओढ्ने सिरक वितरण भएको छ । गत वर्ष आगलागी वाट घरवार विहीन वनेका सहलकोट पुरन्थर पाल्पाका २६ घरपरीवारलाई २७ थान सिरक वितरण गरीएको हो । भुतपूर्व सैनिक संघका केन्द्रिय उपाध्यक्ष कर्नेल धनबहादुर मास्की रानाले रामपुरको वेझाडमा एक कार्यक्रमका बिच सिरक वितरण गरेका हुन । रानाले ब्यक्तिगत रुपमा करिब २५ हजार बरावरको सिरक वितरण गरेका हुन ।

एक कार्यक्रममा सिरक वितरण गर्दै रानाले अग्नी पिडीतका लागी आफुले आगामी दिनमा पनि सहयोगी संघ संस्था र सरोकारवालासंग सहयोगको लागी पहल गर्ने बताए । रानाले मानवले मानविय भावनालाई बुझ्नु पर्छ, होईन भने वोल्ने र आश्वासन मात्र बाडेर केही हुदैन भने । कार्यक्रमा प्रत्येक घरधुरी लाई एक एक थान सिरक वितरण गरीएकोमा १५ जना सदस्य रहेको एक परीवारलाई भने २ वटा सिरक प्रदान गरीएको थियो ।अग्नी पिडीत २६ घरधुरीका २६ जना, अन्य सर्वसाधरण, पत्रकारको उपस्थिती रहेको कार्यक्रमको संञ्चालन ओम प्रकाश वस्यालले गरेका थिए ।

Posted by Butwalonline on 6:53 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अग्नी पिडितलाई सिरक वितरण"

Leave a reply