मृत्युदण्डको सजाय माफी गराउन साउदीमा नेपाली दुताबासबाट पहल
काठमाडौं, मंसिर ८- पाँच वर्षदेखि साउदी अरबको जेलमा रहेका एक नेपालीलाई त्यहाँको अदालतले मृत्युदण्डको सजाय सुनाएको छ। पाकिस्तानीको हत्या आरोपमा जेल परेका धनुषा माछिजितकैया- ४ का उमेश यादव, ३१, आफूविरुद्धको फैसलाबारे बेखबर छन्। एक साताअघि जुवेल अदालतले इस्लामिक कानुनअनुसार उनलाई 'टाउको काटी' मृत्युदण्ड दिने फैसला गरेको थियो।उनी कामका लागि साउदी पुगेको दुई महिनामै पाकिस्तानी नागरिक मोहम्मद लतिष वसिरको हत्या तथा लुटपाटको आरोपमा पक्राउ परेका थिए। राजधानी रियादबाट साढे ५ सय किलोमिटरपूर्व जुवेल सेन्टर जेलमा बन्दी जीवन बिताइरहेका यादवलाई अदालतले मृत्युदण्डको सजाय सुनाएलगत्तै गत साता साउदी विदेश मन्त्रालयले त्यहाँस्थित नेपाली दूतावासलाई पत्रमार्फत जानकारी दिएको थियो।'दूतावासलाई दिइएको पत्रमा यादवलाई मृत्युदण्ड दिइने उल्लेख छ तर मृत्युदण्ड कुन स्थान र कहिले दिनेबारे बताइएको छैन,अर्थात् जुनसुकै बेला उनको मृत्युदण्ड हुन सक्छ।नेपाली दूतावासका द्वितीय सचिव सागरप्रसाद फुयालले अनुसार अहिलेसम्म आफूलाई मृत्युदण्ड दिइएकोबारे यादवलाई जानकारी नभएको बताए।
यादवले दूतावासका कर्मचारीलाई बुधबार दिएको जानकारीअनुसार उनी सन् २००६ को अन्त्यतिर ३०७१७७०३ नम्बरको राहदानीबाट साउदी पुगेका थिए। फुयालका अनुसार यादवलाई रवीन्द्र यादव भन्ने व्यक्तिले त्यहाँ पठाएका थिए। आफू जेल परेपछि रवीन्द्रलाई पटकपटक फोन गर्दा वास्ता नगरेको यादवले दूतावासका कर्मचारीलाई जानकारी दिएका थिए।
'साउदी आएको दुई महिनामै सामान्य झगडा हुँदा मेरो हातबाट एक पाकिस्तानी नागरिकको मृत्यु भयो,' यादवलाई उद्धृत गर्दै फुयालले भने, 'नियतवश हत्या गरेको होइन।' लुटपाटको आरोप झुठो भएको यादवले बताएको फुयालले जानकारी दिए।
यादवले अन्तिमपटक धनुषास्थित परिवारसँग सात महिनाअघि टेलिफोन गरी कुराकानी गरेका थिए। त्यतिबेला उनले आफूलाई बचाउन साउदीस्थित राजदूतसँग कुरा गर्न परिवारका सदस्यलाई भनेका थिए। यादवको परिवारले दूतावास त परको कुरा, काठमाडौंमा रहेको परराष्ट्र मन्त्रालयलाई समेत जानकारी दिएको भेटिँदैन। 'सात महिनायता परिवारका सदस्यले पनि यादवलाई फोन गरेका रहेनछन्। यादब ले आफ्नु धनुषास्थित घरमा श्रीमती (सञ्जुदेवी), दुई छोरा (कमलेश र निदेश), बाबु (भोला) र आमा (सुमन) रहेको जानकारी दिएका थिए।
यादवलाई मृत्युदण्डको सजाय सुनाएको जानकारी पाउनेबित्तिकै उनको सजाय माफी गराउन आवश्यक प्रक्रिया अगाडि बढाइसकेको साउदीका लागि नेपाली राजदूत उदयराज पाण्डेले जानकारी दिए। पीडित परिवारका सदस्यलाई क्षतिपूर्ति रकम (ब्लड मनी) उपलब्ध गराएर यादवको मृत्युदण्ड माफी दिन त्यहाँस्थित पाकिस्तानी दूतावाससँग छलफल बढाइएको उनले बताए।'वसिरको परिवारलाई क्षतिपूर्ति रकम स्विकार्न राजी गराउन हामीले पाकिस्तानी दूतावाससँग छलफल थालेका छौं,' पाण्डेले भने, 'क्षतिपूर्ति स्विकारिए सजाय माफी हुन सक्छ।'
दूतावासका कर्मचारीले शनिबार साउदी विदेश मन्त्रालयलाई मृत्युदण्ड सजाय रोक्न अनुरोधपत्र पठाउने तयारी गरेका छन्। बिहीबार र शुक्रबार साउदीमा सार्वजनिक बिदा हुन्छ। 'पहिलो कार्य उनको मृत्युदण्ड तत्कालका लागि रोक्नु हो,' फुयालले भने, 'त्यसपछि माफी दिलाउने प्रक्रिया अगाडि बढाउन सकिन्छ।' मृत्युदण्ड रोक्न शनिबारै साउदी विदेश मन्त्रालयलाई पत्र पठाइने जानकारी दिँदै उनले त्यसपछि क्षतिपूर्ति रकम जोहो गर्ने प्रक्रिया थाल्ने बताए।
दूतावासका अनुसार साउदीको ताबुकमा १० वर्षअघि पनि एक नेपाली कामदारलाई हत्या अभियोगमा घाँटी रेटी मृत्युदण्ड दिइएको थियो।
स्रोत :नागरिक न्युज