यात्रु बोकेको बसमा तोडफोड,मोटरसाइकलमा आगजनी
परासी, मंसिर ८ - अपरिचित समूहले पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको तिलकपुर, बासामा यात्रु बोकेको बसमा आज बिहान तोडफोड गरेका छन्। काठमाडौँबाट भैरहवातर्फ आउँदै गरेको लु१ ख ४५८४ नम्बरको बसमा अपरिचित समूहले तोडफोड गरेको हो।यसमा संलग्न कसैलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन। उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।यसैबीच सोही स्थानमा बुधबार राति अपरिचित समूहले एक मोटरसाइकल समेत जलाएको प्रहरीले जनाएको छ। रासस
स्रोत : नागरिक
स्रोत : नागरिक