अफहरित बालकको हत्या गरी शव सुटकेसमा
![]() |
सुभम शाह |
बाफलमा ठूलाबाबुका छोरासँग बस्दै आएका उनी विद्यालय जाने क्रममा मंसिर २ गते बिहान ९ बजे हराएका थिए। सोही दिन साँझ साढे ४ बजे अज्ञात व्यक्तिले बालकका बाबुलाई फोन गरी सुबमको अपहरण भएको भन्दै ५० लाख फिरौती मागेका थिए।
अपहरित बालकका बुबाले दोस्रो दिन प्रहरीलाई घटनाबारे जानकारी गराएको महानगरीय प्रहरी अपराध महाशाखाका डिएसपी हृदय थापाले बताए। थापाका अनुसार अपहरणमा संलग्न अभियुक्तह बुधबार पक्राउ परेपछि बालकको हत्या भइसकेको खुलेको थियो।
अपहरणका अभियुक्तहरुले आइतबार नै बालकको हत्या गरी सुटकेसमा राखेर कंलकीको एक गाडीमा छोडेका थिए। बुधबार प्रहरीले कंलकीमा रहेको सुपरसीता यातायातको टिकट काउन्टरबाट बालकको शव राखेको सुटकेसमा फेला पारेको थियो।
प्रहरीका अनुसार अपहरणकारीहरुले प्रारम्भमा ५० लाख फिरौती मागेका थिए। बार्गेनिङका क्रममा उनीहरु २५ लाखसम्म फिरौती लिन तयार भएका थिए। प्रहरीका अनुसार फिरौती लिएर बालकको हत्या गर्ने योजना बनाएका थिए।
स्रोत :नागरिक न्यूज