|

लिबियाका सत्ताच्युत शासक गद्दाफी मारिए

मुआम्मार गद्दाफी। तस्बिर : एएफपी

रिपोली, कात्तिक ३ (एजेन्सी)- लिबियाका सत्ताच्युत शासक मुआम्मार गद्दाफी बिहीबार गृहनगर सिर्टेमा मारिएका छन्। उनी भीडन्तमा मारिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ। 'उनी समातिए, उनको दुबै खुट्टा चल्ने अवस्थामा थिएन र उनलाई एम्बुलेन्सबाट अस्पताल लगिँदै थियो।' वरिष्ठ सैनिक अब्दल मजितले भने। तर अन्तरिम फौजका सैनिक प्रमुखले भने उनी मारिएको पुष्टि गरेका छन्।सिर्टेमा भएको अन्तिम संघर्षमा गद्दाफी शासनका रक्षामन्त्री अबु बक्र युनिससमेत मारिएका छन्। स्थानीय अस्पतालमा ल्याइएको शवमा उनको शवसमेत रहेको पहिचान भएको चिकित्सकहरुले बताएका छन्।
स्रोत :नागरिक न्युज

Posted by Anonymous on 4:09 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "लिबियाका सत्ताच्युत शासक गद्दाफी मारिए"

Leave a reply