|

लामो रुटका सार्वजनिक यातायात साधनका छत हटाइने

काठमाडौ, कार्तिक ३ - क्षमताभन्दा बढी यात्रु राख्दा हुने सवारी दुर्घटना रोक्न लामो रुटका सार्वजनिक यातायात साधनका छत हटाइने भएको छ । गृह मन्त्रालयमा बुधबार भएको सम्बद्ध अधिकारीहरूको बैठकले यस्तो निर्णय गरेको हो ।

'पुराना बसका छत समय दिएर क्रमशः निकाल्न लगाइनेछ भने अबदेखि सिटमुनि छुट्टै सामान राख्ने विशेष सुविधायुक्त बसहरू मात्रै दर्ता गरिनेछ,' मन्त्रालयका सहायक प्रवक्ता एकमणि नेपालले भने, 'मापदण्ड पूरा नभएका गाडीहरूलाई पनि कडाइ गरिने छ ।'

बसमा व्यापारिक प्रयोजनका सामान राख्न र लामो दूरीकामा क्षमताभन्दा बढी यात्रु चढाउन नदिने यसअघिको व्यवस्थामा कडाइ गरिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख गणेशराज राईलगायत सहभागी बैठकले सहरभित्र सार्वजनिक यातायातका लागि ठूला गाडीलाई प्रोत्साहन गर्ने नीति सक्दो छिटो ल्याउने र हाल गुडिरहेकाहरूको पनि मापदण्ड तोक्ने निर्णय गरेको छ ।

Posted by Butwalonline on 8:00 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "लामो रुटका सार्वजनिक यातायात साधनका छत हटाइने"

Leave a reply