|

आर्थिक रुपान्त्रण र सहकारी ब्यबस्थीत गर्न कास्कीमा तदर्थ समिति गठन

घनश्याम पाण्डेय,पोखरा,कार्तिक ३-सामाजीक तथा आर्थिक रुपान्तरणको लागी सहकारी लाई ब्यबस्थीत बनाउनु पर्ने भन्दै आज कास्कीमा विश्व प्रकाश लामीछानेको अध्यक्षतामा १३ सदस्य नयाा कार्य समिति गठन भएको छ ।

तदर्थ समितिको उपाध्यक्षमा शालिग्राम पौडेल,सचिवमा केशब पौडेल,सह सचिवमा दिलिप बीक्रम साही र कोषाध्यक्षमा कल्पाना पाण्डे रहनु भएको छ ।

संदस्यहरुमा तोयनाथ लम्साल,ध्रुर्ब पौडेल,राजेन्द्र न्यौपाने ,पुर्ण कुमारी राना,लगायतका रहनु भएको छ । यस्तै आजै तदर्थ समितिले रामराज न्यौपाने र खुमनाथ सुवेदी लाई सल्लाहाकारमा चयन गरीएको छ ।

एकिकृत नेकपा माओबादी कास्की जिल्ला सह सेक्रटरी एवं तथा जिल्ला सहकारी विभाग प्रमुख गगा पोख्ररेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला उपभोक्ता सहकारीसघ कास्कीका अध्यक्ष युवराज पराजुललीको सचालनमा भएको कार्यक्रममा एकिकृत नेकपा माओबादीका केन्द्रीय सल्लाहाकार रामराज रेग्मी लगायत सहकारी कर्मीहरुको सहभागीता रहेको थियो ।

Posted by Anonymous on 7:34 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आर्थिक रुपान्त्रण र सहकारी ब्यबस्थीत गर्न कास्कीमा तदर्थ समिति गठन"

Leave a reply