रक्षामन्त्रीको राजीनामा माग्दै मसाल जुलुस प्रदर्शन
१३ असोज, काठमाडौं । एकीकृत नेकपा माओवादीको मोहन बैद्य किरण पक्षले रक्षामन्त्रीलाई बर्खास्त नगरे सडकबाटै आफ्नै पार्टी नेतृत्वको सरकार ढाल्ने चेतावनी दिएको छ ।
तराईका २२ जिल्ला नेपालबाट छुटि्टन सक्ने रक्षामन्त्री शरदसिंह भण्डारीको अभिव्यक्ति राष्ट्रघीत भएको भन्दै बैद्य पक्षले तत्काल बर्खास्त नगरे सडकबाटै सरकार ढाल्ने चेतावनी दिएको हो । रक्षामन्त्रीलाई बर्खास्त माग गर्दै बैद्य पक्षले शुक्रबार राजधानीसहित देशका मुख्य शहरहरुमा मसाल जुलुस प्रर्दशन गरेको छ ।
मशाल जुलुसपछि रत्नपार्क शान्ति बाटिकामा आयोजित कोणसभामा माओवादी नेतृ अमृता थापा मगरले रक्षामन्त्रीकै पार्टी फोरम लोकतान्त्रिकले त्रुटिपूर्ण भनेपनि सरकारले बताउ गरेको भन्दै भण्डारीले तत्काल बर्खास्त नगरे सडकबाटै सरकार ढाल्ने चेतावनी दिनुभयो ।
‘रक्षामन्त्रीकै पार्टी फोरम लोकतान्त्रिकले त्रुटिपूर्ण भनेको अवस्थामा सरकारले भने बचाउ गर्न खोजेको छ’ उहाँले भन्नुभयो-’यदि रक्षाभन्त्रीलाई तत्काल बर्खात गरिएन भने सडकबाटै यो सरकार ढाल्छौं ।’ उहाँले रक्षामन्त्रीलाई बर्खास्त नगरेसम्म आन्दोलन नरोकिने बताउनु भयो ।
बैद्य पक्षले पार्टी नेतृत्वले मधेसी मोर्चासँगको गरेको चारबुँदे सहमति र तराईका २२ जिल्ला नेपालबाट छुटि्टन सक्ने रक्षामन्त्री शरदसिंह भण्डारीको अभिव्यक्तिलाई राष्ट्रघाती भनेको छ ।
स्रोत :ओनलइनखबर