एउटा मात्र बैंक हुदा सेवाग्राही मर्कामा
कृष्ण आचार्य ,आश्विन १३ दैलेख-हिन्दुहरुको महान पर्व विजयादशमी शुरु भएसागै दैलेख जिल्लामा रहेको एकमात्र राष्ट्रिय वाणिज्य बैंकमा सेवा ग्राहीहरुको भिड निकै वढेको छ । जिल्लामा रहेका सम्पुर्ण सरकारी तथा गैरसरकारी संस्थाहरु, व्यापारी र सर्वसाधारणहरुको एतिबेला बैंकमा भिड बढेको हो । रहेको एकमात्र राष्ट्रिय वाणिज्य बैंक भएको ले दैलेख पश्चिमको पिपलकोट र पुर्वको लालिकााडावाट पैसा झिक्न आएका र अन्य गाविसहरुवाट पैसा झिक्न आएका सेवाग्राहिहरुले ४/५ दिन वितिसक्दा पनि पैसा झिक्न पाएका छैनन् भने भिडभाड वढ्नाले वैंकका कर्मचारीहरुले सेवा ग्राहि हरुलाई सहज रुपमा सेवा दिन सकेको छैनन्। जिल्लामा अन्य वैंक स्थापना गरिदिए वैंकिङ कारोवार गर्न सजिलो हुने थियो भन्दै स्थानीय वासिन्दाहरुले प्रत्येक वर्ष गुनासो राखेता पनि सरकारवालाहरुले त्यस प्रति चासो नदेखाएको बताएका छन्।
बैंक
बैंक