|

मापदण्ड विपरित संचालित नर्सिङ कलेजहरुमा कालो झन्डा

विनोद परियार,बुटवल,२१ भदौ-रुपन्देहीमा संचालित नर्सिङ कलेजहरु मापदण्ड विपरित संचालन भएको तथा विद्यार्थीबाट चर्को शुल्क असुल गरेको विरोधमा  अनेरास्वियू रुपन्देहीले  आन्दोलन शुरु गरेको छ ।

अनेरास्वियूले आज रुपन्देहीका ८ वटै नर्सिङ क्याम्पसहरुमा कालो झन्डा गाडेर विरोध जनाएको हो । जिल्लामा संचालित नर्सिङ कलेजहरुले मापदण्ड पनि पुरा नगरेको र काण्ठमाण्डौ पोखरामा भन्दा पनि चर्को शुल्क असुल गरेको विद्यार्थी संगठनको आरोप छ । तर नर्सिङ कलेज संचालकहरुले भने आफुहरु नियमसंगत संचालन भएको बताउदै आएका छन् ।

अनेरास्वियूले आज संजिवनि नर्सिङ कलजे,मायादेवि टेक्निकल ईन्सिच्यूट,लुम्बिनी नर्सिङ कलेज लगायतका ८ वटा नर्सिङ कलेज अगाडि कालो झन्डा गाडेको अनेरास्वियूका रुपन्देही अध्यक्ष यमराज पाण्डेले बताउनुभयो ।
अझै पनि कलेजहरु मपदण्डा अनुसार संचालन नभए र शुल्क नघटाए भर्ना प्रकृयानै रोक्ने अध्यक्ष पाण्डेल चेतावनि दिनुभयो ।

Posted by Butwalonline on 8:30 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मापदण्ड विपरित संचालित नर्सिङ कलेजहरुमा कालो झन्डा"

Leave a reply