|

त्रि–वर्षिक रणनीति तर्जुमा गर्दै एसआरडिसीएन

मुक्तिप्रसाद न्यौपाने
पाल्पा, २३ भाद्र
संस्थागत सुशासन कायम गर्न तथा आ.व. ०६७÷०६८ मा सम्पन्न कार्यक्रम र अन्य क्रियाकलापहरुको समिक्षा गर्दै सहभागितात्मक प्र्रक्रियाद्धारा आगामी त्रि– वर्षिय रणनीति तयार गर्न “संस्थागत सुशासन तथा रणनैतिक योजना तर्जुमा कार्यशाला गोष्ठी” सामाजिक स्रोत विकास केन्द्र, नेपाल (एसआरडिसीएन) ले सम्पन्न गरेको छ ।
“आफैंबाट लोकतन्त्रको अभ्यास गरौं” भन्ने मुल आशयका साथ केन्द्रले ३ दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको हो । गोष्ठीको समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी पाल्पा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी चेतनारायण घिमिरेले संस्थागत सुसाशनका निम्ति यस्ता खालका कार्यक्रम निरन्तर गरिनुपर्ने बताए ।
कार्यक्रममा जिल्ला विकास समिति पाल्पाका निमित्त स्थानीय विकास अधिकारी टेकराज पन्थीले स्थानीय निकायलाई कसरी पारदर्शी र जवाफदेही बनाउन सकिन्छ भन्ने कार्यलाई प्रभावकारी ढंगवाट सञ्चालन गरेको कार्य आफैमा सराहनीय भएकाले बताए । तानसेन नगरपालिकाका कार्यक्रम अधिकृत विष्णु पौडेलले राज्यको गरिवि न्यूनीकरण गर्ने लक्ष्यलाई पूरा गर्न र लक्षित वर्ग सम्म कार्यक्रम पु–याउन सामाजिक श्रोत विकास केन्द्र नेपाल सफल भएको कुरा व्यक्त गरेका थिए । कार्यक्रमको उद्देश्यका वारेमा वताउदै संस्थाका टिम लिडर चोपलाल गिरिले लोकतान्त्रिक अभ्यासको सुरुवात आफैंवाट थालनी गर्नका निम्ति यो कार्यक्रम आयोजना गरिएको बताएका थिए ।
कार्यक्रमका अध्यक्ष तथा सामाजिक श्रोत विकास केन्द्रका अध्यक्ष कोशलराज घिमिरेले गोष्ठीले सहभागिता, पारदर्शीता र जवाफदेहिताको अभ्यासबाट संस्थागत सुशासन व्यवस्थापनमा निकै सहयोग पुग्ने बताए । संस्थाको नीति, नियमका बारेमा जान्नु हामी सवैको आवश्यकता हो भन्दै कार्यसमिति र कर्मचारी एकै ठाउँमा जुटी हरेक परियोजना तथा क्रियाकलापको समिक्षा गर्नु आफैंमा लोकतान्त्रिक अभ्यास हो, घिमिरेले भने ।
सामाजिक श्रोत विकास केन्द्र नेपालका कार्यक्रम संयोजक विष्णुप्रसाद पाण्डको सञ्चालनमा सम्पन्न भएको थियो गोष्ठीमा आ.व. ०६७÷ ०६८ मा सम्पन्न परियोजना र बजेटका बारेमा पनि समिक्षा गरिएको थियो ।

Posted by Journalist Mukti on 5:57 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "त्रि–वर्षिक रणनीति तर्जुमा गर्दै एसआरडिसीएन"

Leave a reply