|

एमाले शान्ति र संविधानको पक्षमा ससरकार बाहिर बसेरै सहयोग गर्ने

बिनोद परियार, रुपन्देही,२१ भदौ - नेकपा एमालेका सचिव शंकर पोखरेलले मधेशी मोर्चासंगको समिकरणमा बनेको माओबादी नेतृत्वको सरकारले जनताले अपेक्षा पुरा गर्न नसक्ने जिकिर गर्नुभएको छ ।

‘प्रधानमन्त्रि डा.बाबुराम भट्टराईसंग जनताले केहि अपेक्षा राखेको भएपनि मधेशीमोर्चासंगको समिकरणले जनताको अपेक्षालाई पुरा गर्न नदिने उहाको भनाई छ । प्रेस चौतारी रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता पाखरेलले यस्तो बताउनुभएको हो ।

 बर्तमान सरकारले मुल कुरा एकातिर पन्छाएर सस्तो लोकप्रियताको खोजी गरिरहेको टिप्पणी गर्दै अहिलेको सत्ता समिकरण पनि एउटा नया प्रयोग हुने बताउनुभयो । ‘प्रधानमन्त्रि डा.बाबुराम भट्टराईले केहि प्रतिबद्धता जनाएपनि लोकप्रिय हुन कस्मेटिक टाईपका कुराहरुलाई प्राथमिकता दिएको उहाको टिप्पणी छ । अहिलेको कार्यभार शान्ति संविधानलाई विर्सेर  लोकप्रिय हुने काम गरेको आरोप लगाउदै उहाले भन्नुभयो ‘लोकप्रिय हुने भए मुस्ताङ गाडीको सट्टा टांगा चढेर हिंडे भयो नी ।’

 पुर्व संचारमन्त्रि समेत रहेका पोखरेले अहिले सकरात्मक लक्षण देखिएपनि माओबादीभित्रको राको ननिभ्याईकन प्रधानमन्त्रि अगाडि बढ्न नसक्ने बताए पहिला पार्टिभित्रको  राको निभाएर मात्र अन्य दलहरुसंग विश्वास लिन सकिने बताउनुभयो ।  एमाले यो सरकारको अंशियार नहुने स्पष्ट पार्दै शान्ति र संविधानको पक्षमा ससरकार बाहिर बसेरै सहयोग गर्न तयार रहेको बताउनुभयो  ।

 पोखरेलले डा बाबुराम भट्टराई नेतृत्वको सरकारले अबको तीन महिनामा  शान्ति प्रकृयामा सकारात्मक काम गरेको खण्डमा फेरी संविधानसभाको म्याद थप्न सकिने अन्यथा संविधानसभा नै विघटन बताउनुभयो ।



 

Posted by Butwalonline on 8:19 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "एमाले शान्ति र संविधानको पक्षमा ससरकार बाहिर बसेरै सहयोग गर्ने"

Leave a reply