|

सुभाष कुमार दर्नाल स्मृति कोषको स्थापना

विनोद परियार ,काण्ठमाण्डौ २१ भदौ - दलित आन्दोलनका अगुवा स्व.सुभाष कुमार दर्नालको निधनप्रति मानवअधिकारकर्मि,नागरकि आन्दोलका अगुवा एंव सरकारी निकायका प्रतिनिधिहरुले दु:ख ब्यक्त गरेका छन् ।

नेपालको दलित आन्दोलनले एक जुझारु र कर्मठ युवालाई गुमाएको उनीहरुले दु:ख ब्यक्त गरेका हुन् । जागरण मिडिया सेन्टर,समता फाउन्डेशन नेपाल लगायतका विभिन्न दलित संघसंस्थाहरुको संयुक्त आयोजनामा  आज काण्ठमाण्डौंमा आयोजना गरिएको श्रद्धान्जली कार्यक्रममा स्व. दर्नालले विभेदका विरुद्ध गरेको समाज रुपान्तरणको आन्दोलनलाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । श्रद्धान्जली सभामा स्थानिय विकास मन्त्रि टोप बहादुर रायमाझी,मानवअधिकारकर्मि कृष्ण पहाडि,नागरिक अगुवा डा.देवेन्द्रराज पाण्डे,सभाषद विनोद पहाडि लगायतले बोल्दै स्व.दर्नालको निधनले सिंगो राष्ट्रलाई क्षति पुगेको बताउदै राज्यले दर्नालको योगदानको कदर गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा राष्ट्रिय दलित आयोगका सदस्य जीवन परियार,जागरण मिडिया सेन्टरका अध्यक्ष रेम विश्वकर्मा, दलित अधिकारकर्मी पदम सुन्दास लगायतले स्व. दर्नालको निधनले एक परिवर्तनका सम्बाहकलाई गुमाएको टिप्पणी गर्नुभयो । दर्जनभन्दा बढि दलित संघसंस्था र मानव अधिकारकर्मिहरुको सहभागिता रहेको श्रन्दाजली कार्यक्रममा स्व.दर्नालकले नेपालको दलित आन्दोलन र संचार जगतमा पुर्‍याएको योगदानको कदर गर्न  सुभाष कुमार दर्नाल स्मृति कोषको घोषणा गरिएको छ ।

सो कोष विभिन्न दलित संघसंस्थाहरुको सहयोगमा घोषणा गरिएको हो । पदम सुन्दास अध्यक्ष रहने गरि घोषणा गरिएको कोष मार्फत मानवअधिकार र विभेदका विरुद्ध सक्रिय संचारकर्मिहरुलाई पुरस्कृत गरिने बताईएको छ । जागरण मिडिया सेन्टर एंव रेडियो जागरणका  संस्थापक दर्नालको गत साउन ३० गते अमेरीका स्थित वासिङ डिसिको मुख्य सडकमा कार दुर्घटनामा परि निधन भएको थियो ।


Posted by Butwalonline on 5:22 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सुभाष कुमार दर्नाल स्मृति कोषको स्थापना"

Leave a reply