|

U-19 worldcup Cricket मा अमेरिका माथि नेपालको शान्दार जीत

काठमाडौ, श्रावण २४ -  नेपालले आइसीसी यु–१९ विश्वकप छनोटमा मंगलबार सुखद अन्त्य गरेको छ  । नेपालले अन्तिम खेलमा अमेरिकालाई ९९ रनले पराजित गर्यो ।
आयरल्यान्डमा भएको प्रतियोगितामा आफुले खेलेका नौ खेल मध्ये सातौं जितस‍गै नेपालले १४ अंक बटुल्यो । अर्को वर्ष अस्ट्रेलियामा हुने युवा विश्वकपमा छनोट हुन सफल नेपालले अंक तालिकाको दोस्रो स्थान कब्जा गर्यो । नेपाल भन्दा एक खेल बढी जितेको स्कटल्यान्डले पहिलो स्थान हात पार्यो ।
लिम्भाडे क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले नौं विकेट क्षतिमा २ सय ६४ रनको ठुलो योगफल तयार पार्यो ।
जवाफमा अमेरिकी युवा टिम ४४ ओभर १ बलमा १ सय ६५ रनमा समेटियो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै २ सय ६५ रन बनाएको थियो । नेपालकालागि प्रारम्भिक ब्याट्सम्यान सागर पुन एक रनमै आउट भएपनि अर्का प्रारम्भिक ब्याट्सम्यान फजरुल रहमानले १६ रनको योगदान दिएका थिए ।
तेस्रो क्रममा ब्याटिङ गर्न आएका नरेश बुढाऐरले ७६ रन दर्ता गरेका थिएभने कप्तान पृथु वास्कोटा चल्न सकेनन् । उनले दुई रनमात्र बनाएका थिए । त्यस्तै पपुवान्युगिनीविरुद्ध ९१ रनको योगदान दिएका राजेश पुलामी मगर १६ रन जोड्दा पेभेलियन फर्किए । तर नरेश बुढाऐरले ५७ तथा कृष्ण कार्कीले ४५ रन बनाउदै टिमलाई अघि बढाए । राजेश विश्वकर्माले ९ रन बनाए भने भुवन कार्कीले खाता खोल्न सकेनन् । नेपालकालागि दोस्रो खेल खेलिरहेका रुपेश श्रीवास्तव ६ तथा अविनास कर्ण १ रनमा नटआउट रहे ।
अहिले सम्ममा ६ वटा खेल जितेर यु १९ विश्वकपमा खेल्ने पक्का बनाइसकेको नेपालले २ खेल पराजय सामना गरेको छ ।

साभार:कान्तिपुर

Posted by Butwalonline on 1:52 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "U-19 worldcup Cricket मा अमेरिका माथि नेपालको शान्दार जीत"

Leave a reply