|

शारीरिक दण्डले बालबालिकालाई झन् बिगार्छ

तपाईं आफ्ना बच्चालाई सुधार्ने दृष्टिले कुटपिट गर्नुहुन्छ भने त्यो मानसिक रूपमा घातक हुन सक्छ । हालै गरिएको एक अनुसन्धान नतिजाले कुटपिटले बच्चाको स्वभावमा नकारात्मक परिवर्तन आउने देखाएको छ । 

बच्चालाई शारीरिक दण्ड दिनाले उसको भावनात्मक बुद्घमित्ता र काम गर्ने क्षमता कम हुन्छ जसले गर्दा तत्काल सोच्ने र आवश्यकताअनुसार व्यवहारलाई परिवर्तन गर्न समस्या आउँछ ।

अनुसन्धानकर्ताहरूको अनुसार यदि बच्चालाई निरन्तर दण्ड दिइयो भने बच्चामा अनुशासनहीनता उत्पन्न हुन्छ । कुटपिटको डरले केही समयसम्म बच्चाहरूले भनेको माने पनि पछि उनीहरूलाई 'यो किन भएको' भन्ने कुरा सम्झन सक्दैनन् ।

मुख्य अनुसन्धानकर्ता मान्टि्रयलका म्याकगिल विश्वविद्यालयका प्रा. भिक्टोरिया तलबार भन्छन्, 'शारीरिक दण्डले बच्चाको व्यवहार र उनीहरूको सिक्ने प्रक्रियालाई सुधार्दैन बरु झन् बिगार्छ ।'
 साभार:कान्तिपुर

Posted by Butwalonline on 2:01 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "शारीरिक दण्डले बालबालिकालाई झन् बिगार्छ"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु