होमस्टे ग्रामीण पर्यटन प्रवद्र्धनमा निकै प्रभावकारी बन्यो
मुक्तिप्रसाद न्यौपाने,साउन २२, पाल्पा- पाल्पा/ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले जिल्लाको दोभान गाविसमा एक वर्ष अगाडीबाट शुरुवात गरीएको होम स्टे निकै प्रभावकारी भएको छ ।उत्तर दक्षीण जोड्ने बुटवल–पाल्पा सडक खण्डको मुख्य प्रवेश द्वारको रुपमा रहेको दोभान गाविसको सुकेतालमा शुरुवात गरिएको होम स्टे आन्तरिक वाह्य पर्यटकहरुका लागि हावापानी, भौगोलीक भू–वनावट प्राकृतिक शौन्दर्यता, परम्परागत, संस्कृति जसता कारणले गर्दा प्रभावकारी भएको हो ।
स्थानीय वासिनदाको कृयाशीलता, दोभान वन समन्वय समिति, दोभान क्षेत्र पर्यटन समितिको उत्प्रेरणा तराइ भू परधी कार्यक्रम को सह्योगमा पहिलो चरणमा ४ घर वाट शुरुवात गरिएको होम स्टेमा हाल सम्म क्यानेडीयन, वृटिश अमेरीकाका विदेशी नागरीक र पोखरा, काडमाण्डौं, छिमेकी जिल्ला कपिलवस्तु, रुपन्देही, नवलपरासी वाट आन्तरिक पर्यटक आउने गरेको स्थानीय वासिन्दाहरु वताउाछन् ।
वजारमा विक्रीका लागी राखनिे दैनिक उपभोगय तथा खाद्य सामाग्रीहरुमा वढ्दो विषादीको प्रयोग सागसागै अखाद्य वस्तुको मिसावट का कारण स्वच्छ ताजा, खाना वाट वनिचत शहरका व्यक्तिहरु स्वच्छ ताजा, अर्गानीक खेती गरी उत्पादीत खाद्यान्न, तरकारीको स्वादको लागी भएपनि यहाा खाना खान वास वस्न आउने गरेको होमस्टे सञ्चालक समितिका अध्यक्ष केसर सिं गाहाले बताए ।
पर्यटन प्रवद्र्धन सागसार्गै, आय आर्जन, महिला शशक्तिकरण मा सघाउ पुर्याउने होम स्टे कार्यक्रम अत्यन्त फलदायी भएको वताउादै, यस कार्यक्रम अन्तरगत एक पाहुना राखेबापत स्थानीय स्वाद स्थानीय उत्पादनको खाना वसोवास गरेवापत प्रति व्क्ति चार शय रुपैया, लिने त्यस वाट एक शय रुपैया, समितिमा वचत गरिने मन कुमारी वगाले बताइन् ।
निकट भविष्यमा पुन ६ वटा घरमा थप गरिने, उहााले वताउनु भयो । गााउकाने आर्थीक, उन्नतीका लागी होम स्टे अत्यन्त फलदायी छ । यस वाट रोजगारी मात्र सिर्जना भएको छैन देश विदेशमा पनी गाउाको, कला संस्कृतिको प्रचार प्रसार पनी भएको छ गाउको मौलिक सास्कृतिक पहिचान कायम भएको छ संञ्चालीका वगाले जोड दिइन्।
रोजगारीका लागी पुरुष विदेशीएको समयमा पर्यटन प्रवद्र्धन का लागि गाउमा शुरु भएको होम स्टे अभियानले महिला शशक्तिकरण मा ठूलो सघाउ पुर्याएको छ यस वाट पर्यटन प्रवद्र्धनमा महिलाको भूमिका पनि स्थापीत भएको सामुदायीक वन समन्वय समितिका अध्यक्ष राजेश श्रेष्ठले भने ,गाउामा नयाा अपरिचीत व्यक्तिसाग बोल्दा टाउको निहुर्याउने, लाज मान्ने महिलाहरु यतिखेर नयाा व्यक्ति गाउामा प्रवेश गर्नासाथ फूल माला टिका लगाएर स्वागत गर्न तम्सीन्छन परिणाम होमस्टेको हो । त्यसले महिला हरुलाई निकै अगाडी ल्याएको अध्यक्ष श्रेष्ठ बताउनु हुन्छ । हाल सम्म एक हजार भन्दा वढी आन्तरिक वाह्य पर्यटकहरुले होमस्टेको आनन्द लिइसकेका छन् ।
गाउामा होम स्टे सञ्चालनमा आए पछि स्थानीय वासीन्दाले खाद्यान्न, तथा तरकारी खेतीमा रसायनीक मल र विषादीको प्रयोग विहीन तरिकाले निर्वाह मूखी खेती गर्ने परम्परालाई तोड्दै व्यवसायीक रुपमा मौसमी वेमौसमी खेती तर्फ आकर्षीत भएका छन् । नेपालको अर्थतन्त्रको मुख्य आधार मानिएको पर्यटन व्यवसायमा यसरी महिलाको भूमिका प्रमुख हुनुमा आफैमा शुभ संकेत पनी हो यसले उन्नतीका अन्य विधा र क्षेत्रमा महिलाको पंहुच वढाउन प्रेरणा गर्ने संभावना वढेकै बेला पाल्पामा यसरी सञ्चालीत होम स्टेमा मात्र नभइ गाउमा अन्य क्षेत्रमा पनी महिलाको भूमिका ठूलो रहेको गावीस सचिव यादव अर्यालले बताए ।