|

राजश्वमा १ करोड बृद्धि,दैलेखको ११ करोड बजेट फ्रिज

कृष्ण आचार्य- दैलेखदैलेखको समग्र बजेट मध्ये यस आवमा ११ करोड २७ लाख ९१ हजार १९८ रुपैयाा फ्रिज भएको छ । जिल्लामा बार्षिक बिनियोजीत भएको १ अर्व ५७ करोड २६ लाख मध्ये ११ करोडा २७ लाख रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालय दैलेखले जानकारी दिएको छ ।  फ्रिज भएको ११ करोड मध्ये चालु तर्फ ५ करोड४६ लाख २७ हजार ९ सय ८७ रुपैंयाा र पुाजीगत तर्फ ५ करोड ८१लाख ६३ हजार २ सय ११ रुपैयाा रहेको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख हरि पंगेनीले जानकारी दिएका छन् ।

जिल्लामा विकास निर्माणतर्फ आएको रकम मध्ये नारायण नगरपालिका जिल्ला बिकास समिति , जिल्ला शिक्षा कार्यालय, जिल्ला कृषि विकास र वन कार्यालय लगायत अन्य कार्यालयबाट रकम खर्च हुन नसकी पुजीगत तर्फको ५ करोड ८१ लाख फ्रिज भएको थियो भने । जिल्लाका सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुको तलबभत्ता, कर्यालय समान र कार्यालय खर्चको लागि आएको रकम मध्येबाट खर्च हुन नसकेर चालु तर्फको ५ करोड ४६ लाख रकम फिर्ता भएको कोलेनीकाले जानकारी दिएको छ । त्यस्तै दैलेखमा हरेक आवमा असुली हुने राजश्व मध्ये यस आवमा १ करोड बृद्र्धि भएको कोष तथा लेखा नियन्त्रण कार्यालय दैलेखले जानकारी दिएको छ । कार्यालय प्रमुख पंगेनीका अनुसार कोलेनिकाले मात्रै १ करोड ७६ लाख राजश्व असुली गरेको र अन्य गैरकर , कर र राजश्व असुली गरेर दैलेखबाट ३ करोड ८९ लाख २३ हजार ५ सय ५३ रुपौया असुली भएको बताए । 

सामाजीक सुरक्षामा १ प्रतिशत कर थप गरेपछि र व्यापार व्यवसाय दर्ता लगाएतबाट कर असुली बढेको बताउादै आगामी बर्षहरु राहदानी जिल्लाबाटै बितरणको प्रक्रिया भयो भने जिल्लाको राजश्व आझै बृद्र्धि हुने कार्यालय प्रमुख हरि पंगेनीले बताए ।

Posted by Butwalonline on 4:33 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "राजश्वमा १ करोड बृद्धि,दैलेखको ११ करोड बजेट फ्रिज"

Leave a reply