लिम्बुवान प्रान्तीय परिषदद्वारा पुर्बका नौ जिल्ला बन्द, बन्दले जनजीवन प्रभावित
धनकुटा, श्रावण २२ - लिम्बुवान राज्य पुनस्र्थापना तथा समयसीमाभित्र संविधान जारी गर्न माग गर्दै राष्टिय जनमुक्ति पार्टी निकट लिम्बुवान प्रान्तीय परिषदले आइतवार अरुण पूर्वका नौ जिल्लामा बन्द आब्हान गरेको छ ।
वि.सं.१८३१ साउन २२ अर्थात आजकै दिन लिम्बुवान स्वायत्त राज्यबाट एकात्मक शासन व्यवस्थामा विलय गरिएको भन्दै प्रत्येक वर्ष यस दिनलाई परिषदले कालो दिनको रुपमा मनाउंदै आएको जनाएको छ । परिषदले अरुण पुर्वका धनकुटा, मोरङ्, सुनसरी, झापा, इलाम, पाचथर, तेह्रथुम, ताप्लेजुङ र संखुवासभा बन्द आव्हान गरेको जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष हरिभक्त वान्तवाले जानकारी दिए ।
बन्दका कारण कोसी राजमार्गको धरान धनकुटा सडक खण्डमा बिहानैदेखि यातायात साधन सञ्चालन नभएको ट्राफिक प्रहरीले जनाएको छ । यस्तै भित्रि सहायक मार्ग, बजार, शिक्षण संस्थामा पनि बन्दको प्रभाव परेको छ ।
राजनितिक विद्रोह गर्ने चेतावनी
पूर्व जानकारी बिनै एक्कासी वन्द आह्वान गरिएकाले गाउँ गाउँदेखि तराईतर्फ जान हिंडेका यात्रुहरु विच वाटैमा अलपत्र परको कोशी वस व्यवसायी संघका जिल्ला अध्यक्ष दयाराम ढकालले वताए । वजार क्षेत्रका होटल तथा पसलहरु भने खुलेका छन् । १८३१ साउन २२ गते लिम्वुवान भुमी खोसीएको भन्दै त्यसको सम्झनामा आजको दिनलाई कालो दिन भन्दै परीषदले अरुण पुर्वका नौ जिल्लामा वन्दको आह्वान गरेको हो ।
वि.सं.१८३१ साउन २२ अर्थात आजकै दिन लिम्बुवान स्वायत्त राज्यबाट एकात्मक शासन व्यवस्थामा विलय गरिएको भन्दै प्रत्येक वर्ष यस दिनलाई परिषदले कालो दिनको रुपमा मनाउंदै आएको जनाएको छ । परिषदले अरुण पुर्वका धनकुटा, मोरङ्, सुनसरी, झापा, इलाम, पाचथर, तेह्रथुम, ताप्लेजुङ र संखुवासभा बन्द आव्हान गरेको जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष हरिभक्त वान्तवाले जानकारी दिए ।
बन्दका कारण कोसी राजमार्गको धरान धनकुटा सडक खण्डमा बिहानैदेखि यातायात साधन सञ्चालन नभएको ट्राफिक प्रहरीले जनाएको छ । यस्तै भित्रि सहायक मार्ग, बजार, शिक्षण संस्थामा पनि बन्दको प्रभाव परेको छ ।
राजनितिक विद्रोह गर्ने चेतावनी
प्रदीप मेन्याङ्बो
धरान
संविधान बनाउने समय सिमा छोटिदै गएपनि राजनितिक दलहरु सत्ता प्राप्तिका लागि विवादमा मात्र अल्झिरहेको जनाउदै दवाव स्वरुप आइतबार पुर्वका नौ जिल्लामा राष्ट्रिय जनमुक्ती पार्टीले एक दिने आमहड्ताल गरेको छ ।
आमहड्तालका कारण मेची र कोशीको जनजीवन प्रभावित भएको छ । विहानै देखि कुनै पनि सवारी साधन चलेका छैनन् । बन्दलाई सफल बनाउन राजमुपाले आफ्ना कार्यकर्तालाई सडकमा उतारेको छ । धरान, इटहरी, विराटनगर, धनकुटा, इनरुवा, दमक, विर्तामोडका शैक्षिक, व्यापारिक प्रतिष्ठान ठप्प भएका छन् । पार्टीका केन्द्रीय उपाध्यक्ष केपी पालुङ्वाले संघीयता विरोधी राजनितिक दलका दवावमा परेर ठुला दलले संघीय गणतन्त्र मुलुकको संविधान बनाउन ढिलाई गरेकोले चेतावनीका लागि आमहड्ताल गरेको बताए ।
यसै वीच सो पार्टीको जातीय संगठन लिम्बुवान प्रान्तीय परिषदले विसं १८३१ साउन २२ गते तत्कालिन राजा पृथ्वीनारायण शाहले झुक्याएर लिम्बुवान स्वायत्तता समाप्त पारेको भन्दै कालो दिनको रुपमा एकदिने आम हड्ताल गरेको जनाएको छ ।
परिषदले तोकिएको समय सिमा भित्र अरुण कोशी पुर्वका नौजिल्लालाई आत्मनिर्णय अधिकार सहितको स्वायत्त लिम्बुवान राज्य समावेश भएको नया संविधान नबनाए शान्तिपुर्ण राजनितिक विद्रोह गर्ने चेतावनी दिएको छ ।
वन्दका कारण तेह्रथुमको जनजीवन प्रभावित
तेह्रथुम
चन्द्र कार्की
लिम्वुवान प्रान्तीय परीषदले आह्वान गरेको वन्दका कारण आइतवार विहानै देखि तेह्रथुमको जनजीवन प्रभावित भएको छ । वन्दका कारण धरान तथा विराटनगरतर्फ जाने सवारी साधनहरु म्याङलुङ, जिरिखिम्ती, लसुने, वसन्तपुर तथा शुक्रवारे वजारमा रोकीएका छन् । पूर्व जानकारी बिनै एक्कासी वन्द आह्वान गरिएकाले गाउँ गाउँदेखि तराईतर्फ जान हिंडेका यात्रुहरु विच वाटैमा अलपत्र परको कोशी वस व्यवसायी संघका जिल्ला अध्यक्ष दयाराम ढकालले वताए । वजार क्षेत्रका होटल तथा पसलहरु भने खुलेका छन् । १८३१ साउन २२ गते लिम्वुवान भुमी खोसीएको भन्दै त्यसको सम्झनामा आजको दिनलाई कालो दिन भन्दै परीषदले अरुण पुर्वका नौ जिल्लामा वन्दको आह्वान गरेको हो ।
साभार:कान्तिपुर