कविताको शव मंगलबार पनि घरमै
संसदीय समिति आज छानबिनमा आउने
बुटवल, २४ साउन – सामाजिक बेइज्जतीपछि आत्महत्या गरेकी बुटवल योगीकुटीकी कविता थापाको मंगलबार पनि दाहसंस्कार हुन सकेन ।
दुव्र्यवहारमा संलग्न सबै दोषीलाई प्रहरीले पक्राउ नगरेको भन्दै मृतकका आफन्तहरुले मंगलबार पनि दाहसंस्कार गर्न मानेनन् ।
कविताको दाहसंस्कार गर्नको लागि प्रहरीले मंगलबार बिहानैदेखि कसरत थाले पनि मृतकका आफन्तहरुले दाहसंस्कार गरिएपछि दोषीलाई कारबाही नहुने भन्दै दाहसंस्कार गर्न मानेनन् ।
युएईको दुबईमा रहेका मृतक कविताका छोरा मंगलबार बिहान घरमा आइ पुगेपछि प्रहरीले पीडित पक्षसँगको लामो छलफलपछि पत्रकार सम्मेलन गरी मंगलबार साँझ शव दाहसंस्कार गर्ने सहमति जुटाएको थियो तर पत्रकार सम्मेलनमा पीडित पक्षहरुले नै प्रहरीको क्रियाकलाप शंकास्पद भएको भन्दै शवको दाहसंस्कार गर्न मानेनन् ।
प्रहरीले घटनामा संलग्नमध्ये तिन जनालाई मात्रै पक्राउ गरेको र अन्यलाई पक्राउ नगरेको भन्दै उनीहरुले प्रहरीले शवको दाहसंस्कार गर्न लगाएर अन्य दोषीलाई उन्मुक्ति दिन खाजेको आरोप लगाए । उनीहरुले घटनामा संलग्न सबै जना पक्राउ नपरेसम्म शवको दाहसंस्कार नगर्ने अडान लिएका छन् ।
घटनामा श्याम कुमारी गिरी, कमला न्यौपाने, देवु ढकाल लगायत ५÷७ जना महिलाहरुको संलग्नता रहेको दावी गर्दै मृतकका श्रीमान् गोपाल बहादुर थापाले सोमबार इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका थिए । तर, जाहेरीपछि तिन जना महिलालाई मात्रै प्रक्राउ गरिएको छ भने अन्यलाई प्रहरीले हालसम्म पनि पक्राउ गर्न सकेको छैन ।
पक्राउ नपरेका अन्य महिलाहरुको सम्बन्धमा प्रहरीले आर्थिक चलखेलका कारण पक्राउ गर्न नचाहेको पीडित पक्ष्ँले आरोप लगाएका छन् ।
“प्रहरीले अपराधीलाई काखीमा च्यापेको छ”, मृतककी आफन्त सीतादेवी क्ष्ँत्रीले भनिन्– “प्रहरीले आर्थिक प्रलोभनमा परेर अन्य दोषीलाई पक्राउ नगरी केस मिलाउन खाजेको छ ।”
प्रहरीले किटानी जाहेरीका आधारमा अहिलेसम्म बुटवल नगरपालिका वडा नं. १३ योगीकुटी बस्ने श्याम कुमारी गिरी, कमला न्यौपाने, देवु ढकाललाई मात्रै पक्राउ गरी सार्वजनिक अपराध सम्बन्धी मुद्दा चलाएको छ । उनीहरुलाई मंगलबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट पहिलो पटक १० दिनको म्याद समेत थप गरेको छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीका कानुन अधिकृत कमल पन्थीले प्रहरीले म्याद थपका लागि प्रशासनमा पेश गरेकोले पहिलो पटकका लागि १० दिनको म्याद थप गरिएको जानकारी दिए ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्ष्ँक कृष्ण महतले घटनामा संलग्न भनिएका अन्य अभियुक्तहरुको नाम थर नखुलेका कारण पक्राउ गर्न नसकिएको दावी गर्दै कतैबाट नाम खुल्न आएमा तत्काल पक्राउ गरी कारबाही गर्ने प्रतिक्रिया दिए ।
घटनाको बारेमा छानबिन गर्न गठन गरिएको छानबिन टोली बुधबार बुटवल आउने भएको छ । संविधान सभा अन्तर्गतको महिला बालबालिका तथा समाज कल्याण उपसमितिले गठन गरेको टोलीले घटनाको बारेमा अनुसन्धान गर्ने भएको हो ।
एकीकृत नेकपा माओवादीका सभासद् विनोद पहाडीको संयोजकत्वमा एमालेका पुरनसिंह दयाल, कांग्रेसकी सावित्री सिंह र विमला नेपाली रहेको चार सदस्यीय छानबिन समितिले घटनाको यथार्थता बुझेर संसद्मा प्रतिवेदन पेश गर्ने छ । टोलीका संयोजक विनोद पहाडीले बुधबार घटनास्थल, प्रहरी प्रशासन, मानव अधिकारकर्मी र बुद्धिजीवीहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको जानकारी दिए ।
संसदीय टोलीले दोषी उपर कारबाही गर्ने प्रतिबद्धता जनाए बुधबार मृतकको अन्त्येष्टि गरिने मृतकका अफन्तहरुले जनाएका छन् ।
बुटवल–१३, योगीकुटी सिद्धनगरकी ४२ वर्षीय स्थायी बासिन्दा कविता थापालाई समाजमा विकृत्ति फैलाएको भन्दै सुधार्ने नाममा स्थानीय जनजागरण आमा समूहले शनिबार दिउँसो सार्वजनिक स्थलमा हातखुट्टा बाँधी कोलोमोसो दलेका थिए । सोही दिन राति कविताले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेकी थिइन् ।
यसै बिच, एक विज्ञप्ती जारी गर्दै घटनाको सत्यतथ्य बुझी दोषीलाई कारबाही गर्न काहुरास्ट रुपन्देहीले माग गरेको छ ।
साभार:दैपस

Posted by Butwalonline
on 10:05 AM. Filed under
Local News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response