गुण्डा गर्दि चोरीका घटनाहरु बढेपछी सुरक्षा व्यवस्थामा कडाई
कृष्ण आचार्य , दैलेख,श्रावण २५ - दैलेख जिल्लाको शान्ति सुरक्षालाई अझै मजबुद बनाउनका लागि प्रमुख जिल्ला अधिकारी सहितको गस्ती टोली दैलेख सदरमुकाम देखि माथिल्लो डुङेश्वर सम्म रातभरी गस्तीमा हिड्न थालेका छन् । साझ पख हुने गुण्डा गर्दि चोरी झै झगडा लगाएतका घटनाहरु बढेपछी घटनाहरु नियन्त्रण गर्नका लागि प्रमुख जिल्ला अधिकारीको नेत्तृवमा एउटा सुरक्षा दस्ता दैलेख बजार देखि माथिल्लो डुङेश्वर क्षेत्रमा दिनरात गस्ती गरिने प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले जानकारी दिनुभयो । सााझ पख मदिरा सेवन गरि सार्वजनिक स्थलमा होहल्ला गर्ने नसालु पदार्थ सेवन गर्ने जो कोहिलाई पक्राउ गरि छानविन पछि काुननी कारवाहि गरिने प्रहरी नायव निरीक्षक दिपक बस्नेतले जानकारी दिनुभएको छ । साझ अवेरसम्म मदिरा सेवन गरि होहल्ला गर्ने गुण्डा गर्दि गर्ने लगाएत लागु पदार्थ सेवन तथा बेचविखन गर्ने व्यक्तिहरुको नियन्त्रण, कारवाहि तथा सर्वसाधारण जनतालाई शान्ति सुरक्षा दिनका लागि प्रत्येक दिन जुनसुकै समयमा गस्ती गर्न सकिने श्रोतले जानकारी दिएको छ । साझ पख होहल्ला गर्ने र सार्वजनिक सुरक्षामा खलल पुर्याउने जोकोहिलाई नियन्त्रणमा लिई छानविन पछि कारवाहि गरिने जनाईएको छ । राती अवेर सम्म सार्वजनिक स्थल तथा होहल्ला नगर्न समेत श्रोतले जनाएको छ । चाडपर्व तथा जात्रा मालिकाको सिजन आएकाले सुरक्षा स्थितीमा सुधार तथा कडाई गर्नु परेको प्रहरा नायब उपरीक्षक दिपक बस्नेत ले जानकारी दिनु भएको छ ।