स्याडजा जिल्लामा अबदेखि यातायात बन्द तथा हड्ताल निषेध
विनोद परियार
बुटवल,६ साउन
स्याडजा जिल्लामा अबदेखि कसैले पनि यातायात बन्द तथा हड्तालका कार्यक्रमहरू गर्न नपाउने भएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जामा हिजो बसेको सर्वपक्षीय बैठकले जिल्लामा कसैले पनि यातायात बन्द तथा सर्वसाधारणहरूलाई प्रत्यक्ष असर पुग्ने गरी बन्दका कार्यक्रमहरू गर्न नपाउने निर्णय गरिएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी डुल्लुराज बस्नेतले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी बस्नेतका अनुसार बैठकले कुनै पनि सरकारी कार्यालयमा तालाबन्दी गर्न नपाइने र सरकारी काममा कसैले पनि अवरोध सृजना गर्न नपाउने निर्णय समेत गरेको छ । बैठकको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालयमा विरोध प्रदर्शन गर्नेहरूले कार्यालयको मुल प्रवेशद्वार बाहिर नै गर्नुपर्ने र कार्यालय भित्र १० जनाभन्दा बढि छिर्नु परेमा प्रशासनको स्वीकृति लिएर प्रवेश पाउने निर्णय भएको छ ।