|

नेपाली प्रेसको सुरक्षा छैन : ज्ञवाली

विनोद परियार,बुटवल,६ साउन-एमाले प्रचार विभाग प्रमुख प्रदिप ज्ञवालीले वर्तमान अवस्थामा नेपाली प्रेसको सुरक्षा हुन नसकेको बताउनुभएको छ ।  प्रेस सुरक्षित भए मात्र लोकतन्त्र सुरक्षित हुने हुदा राज्यले प्रेसलाई सुरक्षाको प्रत्याभुति दिन सक्नुपर्नेमा उहांले जोड दिनुभयो । प्रेस चौतारी नवलपरासीको चौथो जिल्ला अधिवेशनको उद्घाटनमा बोल्दै ज्ञवालीले पहिला राज्यले प्रेस माथि हस्तक्षेप गर्दथ्यो भने अहिले बाह्य आक्रमण हुदा समेत सरकारले सुरक्षा दिन नसकेको बताउनुभयो । पछिल्लो पटक मुलुकमा अपराधको राजनिति र राजनितिको अपराध बढ्दै गएको बताउदै नेता ज्ञवालीले राजनैतिक दलहरु सत्ता मोह भन्दा पनि संविधान निर्माणमा लाग्नु पर्ने जोड दिनुभयो । थपिएको मितिमा पनि संविधान नआए नेपाली जनताले माफि नदिने बताउदै पार्टी विच आपसी समझदारी कायम गरि अगाडी बढ्नुको विकल्प नरहेको उहाको भनाई थियो । प्रेस चौतारीले यसवर्ष देखि स्थापना गरेको श्रृजनशिल पत्रकारीता पुरस्कार वाट चौतारीका केन्द्रिय पार्षद लाल कुमार भट्टराईलाई सम्मान गरेको थियो । नगद ५ हजार र कदर पत्र सहित एमाले नेता ज्ञवालीले भट्टराईले सम्मान गनुभएको थियो ।


Posted by Butwalonline on 7:29 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेपाली प्रेसको सुरक्षा छैन : ज्ञवाली"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु