|

बुटवलमा बृक्षारोपण


विनोद परियार
बुटवल,६ साउन
नेपाली कांग्रेस रुपन्देहीले नेपाली कांग्रेसका संस्थापक बिपि कोईरालाको २९ औं स्मृति दिवसको अवसर पारेर बुटवलमा एक कार्यक्रमका बिच बृक्षारोपण गरेको छ । बिपि बाटिका व्यबस्थापन समिति बुटवल ९ शिवनगर र वार्ड समिति शिवनगरको सहयोगमा बिपि स्मृति दिवसमा बुटवलको शिवनगरमा रहेको बिपि बाटिकामा बिभिन्न जातका ७ सय बिरुवा रोपिएको हो । करिव ३ बिगाहा जग्गामा असोका, सिसौ, गोल्डमोहर, जामुन, अम्वा, धुपि, निम, आप, लिचि लगायतका बिरुवा रोपिएको नेपाली कांग्रेस रुपन्देहीले जनाएको छ ।
कांग्रेस रुपन्देहीका सभापति अव्दुल रज्जाकको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय सदस्य दिपक गिरी, नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद सूर्यप्रसाद प्रधान, बाबुराम राना, पूर्व राज्यमन्त्री भरतकुमार शाह, सोमनाथ शर्मा, युवराज गिरी लगायतले आ–आफ्नो भनाई राखेका थिए । कार्यक्रमको सञ्चालन जिल्ला सचिव रामकृष्ण खााणले गर्नुभएको थियो ।
दिवसकै अवसरमा बुटवलको बिपि चोकमा रहेको बिपिको सालिकमा माल्र्यापण गरिएको छ । नेपाली कांग्रेस बुटवल नगर समितिको आयोजनामा भएको माल्र्यापणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खााण, दिपक गिरी, नेता सूर्यप्रसाद प्रधान काग्रेसका रुपन्देहीका सभापति अव्दुल रज्जाक लगायतले विपिको सालिकमा माल्र्यापण गर्नु भएको हो । यसैविच नेपाल बिद्यार्थी संघ सिद्धार्थ गौतमबुद्ध क्याम्पस बुटवलले पनि बिपि स्मृति दिवसमा अन्तरक्रिया गरेको छ ।




Posted by Butwalonline on 7:26 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बुटवलमा बृक्षारोपण"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु