२१ औं विपि स्मृति दिवस
विनोद परियार,बुटवल,६ साउन-नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको २९ औं स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरि मनाइएको छ विक्रम समवत् १९७२ साल भदौ २४ गते भारतको वनारसमा जन्मनु भएका कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो वीपी २०१५ सालमा भएको पहिलो आम निर्वाचनमा दुई तिहाइ बहुमत सिट कााग्रेसले जितेपछि नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको हो । तर ५ वर्षका लागि बनेको सरकारलाई तात्कालिन राजा महेन्द्रले १८ महिनामै विघटन गरेपछि वीपीलगायतका प्रजातन्त्रवादी नेताहरु जेल परेका थिए । २०२६ सालमा जेलमुक्त भएपछि भारत निर्वासनमा जानुभएका कोइराला मुलुकको अवस्था कमजोर देखेपछि २०३३ सालमा मेलमिलापको नीति लिएर नेपाल फर्कनुभएको थियो । मेलमिलापको निति पछि वैचारिक रुपमा पञ्चायत विरोधी आन्दोलनमा सक्रिय कोइरालाको २०३९ साउन ६ गते निधन भयो । यसैविच २९ औं वीपी स्मृति दिवसको अवसरमा आज वीपी संग्राहलय सुन्दरीजलले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै कांग्रेसका सभापति सुशील कोइरालाले शान्ति प्रक्रिया टुग्याउन र लोकतान्त्रिक संबिधान लेखनमा एकीकृत माओवादीले यथास्थितिबाट नयााफड्को मार्नुपर्ने बताउनुभएको छ ।