सर्वसाधरण अपहरण
काठमाडौ, श्रावण ६ - सप्तरीको भारदह गाविसबाट शुत्रवार बिहान एक जनाको अपहरण भएको छ ।
अपहरणमा पर्नेमा सुनसरी सदरमुकाम इनरुवा नगरपालिका ७ बस्ने रामप्रसाद साह रहेका छन् । २८ बर्षीय साहको भारदह–१ स्थित कोशी व्यारेजको नहरबाट अपहरण भएको हो ।
को१ख २९५१ नम्बरको ट्रकमा इनरुवातर्फ गइरहेको अवस्थामा ३/४ जनाको संख्यामा आएका हतियारधारी समूहले साहको अपहरण गरी लगेको प्रहरीले जनाएको छ । साहको अपहरणबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भारदहका प्रहरी नायव निरीक्षक चन्द्रदेव यादवले बतए ।
यसैबीच अखिल तराई मुक्ति मोर्चा सप्तरी–सुनसरी सैन्य कमाण्डर इन्द्रजीतले टेलिफोन सम्पर्क गरी अपहरणको जिम्मेवारी लिएका छन् ।

Source:Kantipurnews