|

मन्त्रिपरिषद् पुनर्गठनबारे प्रमुख तीन दलबीच गम्भीर मतभेद

काठमाडौ, श्रावण १० - मन्त्रिपरिषद् पुनर्गठनबारे प्रमुख तीन दलबीच गम्भीर मतभेद भएको छ । माओवादीले उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा सरकारमा प्रतिनिधित्व गर्ने नयाँ टोली पठाउने निर्णय गरेपछि एमाले र प्रमुख प्रतिपक्ष कांग्रेस रुष्ट छन् ।
तीन दलका शीर्ष नेताहरूको बैठकमा कांग्रेसले पुनर्गठनले राष्ट्रिय सहमतिको वातावरण बिथोलिने भन्दै प्रधानमन्त्री झलनाथ खनाललाई राजीनामा दिन सुझाव दिएको छ । एमालेले माओवादीसँग पुनर्विचारको आग्रह गरेको छ भने माओवादीले यसबाट दलीय सहमतिमा फरक नपर्ने दाबी गरेको छ ।
अपराह्न भएको प्रमुख तीन दलको बैठक र बिहान प्रधानमन्त्री खनालसँगको छुट्टै वार्तामा कांग्रेस सभापति सुशील कोइरालाले मन्त्रिमण्डल बिस्तार तयारीप्रति आपत्ति प्रकट गर्दै खनाललाई राजीनामा दिन सुझाएका थिए ।
स्रोतअनुसार खनालले पनि एक्लै माओवादीको निर्णय कार्यान्वयन गर्न नसक्ने धारणा राखेका थिए । उनले मन्त्रिमण्डल पुनर्गठन गर्ने/नगर्नेमा पाँचबुँदेका हस्ताक्षरकर्ता प्रमुख तीन दलबीच सहमति गरेर मात्रै अघि बढ्ने बताए । त्यसपछि कांग्रेसको अग्रसरतामा अपराह्न तीन दलको शीर्ष बैठक बसेको थियो । बैठकमा कांग्रेस र एमालेले राष्ट्रिय सहमतिका निम्ति मन्त्रिमण्डल पुनर्गठनको निर्णय फिर्ता लिन माओवादीलाई आग्रह गरेका थिए ।
माओवादीले पार्टीको आन्तरिक समस्या मिलाउन फेरबदल मात्रै गर्ने निर्णय गरेको बताउँदै त्यसले सहमतिको वातावरण नबिथोलिने बताएको थियो । माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले नयाँ मन्त्रीहरूलाई शपथ खुवाउन आग्रह गरिएको बताए ।
'प्रधानमन्त्रीले पाँचबुँदेमा हस्ताक्षर गर्ने दलहरूसँग सल्लाह गरेर मात्रै शपथ खुवाउँछु भन्नुभएकाले तीन दलको बैठक बसेको हो । प्रमुख प्रतिपक्ष्ाले यसलाई विरोध गर्‍यो, त्यो स्वाभाविक हो,' भट्टराईले भने, 'पार्टीभित्रको आन्तरिक सन्तुलन मिलाउन नयाँ टिम पठाउनुपरे पनि यसले सहमतिमा असर गर्दैन, पाँचबुँदे कार्यान्वयनमा पनि अप्ठ्यारो पार्दैन ।'
भट्टराईले एमालेको मंगलबार बस्ने स्थायी कमिटीको बैठकपछि नयाँ टोलीको शपथ हुने पनि बताए । कांग्रेस केन्द्रीय सदस्य रामशरण महतले भने नयाँ जम्मो टोली पठाएर मन्त्रिपरिषद् पुनर्गठन गरिए त्यसले शान्ति, संविधानको निर्माण कार्यमै असर गर्ने चेतावनी दिए ।
'सरकारले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने अवस्थामा जम्बो टोली पठाएर मन्त्रिमण्डल पुनर्गठन गराउनु असान्दर्भिक र पाँचबुँदे सहमतिविरुद्ध हो,' महतले भने, 'यसले शान्ति प्रक्रिया, संविधान निर्माण र पाँचबुँदे कार्यान्वयनलाई बाधा पुर्‍याउँछ ।' महतले प्रधानमन्त्री खनाल र वरिष्ठ नेता माधवकुमार नेपालको भनाइबाट मन्त्रिमण्डल पुनर्गठन नहुने छनक आफूहरूले पाएको बताए ।
खनाल र नेपालले माओवादीलाई निर्णय पुनर्विचार गर्न बैठकमा आग्रह गरेका थिए । उनीहरूले राष्ट्रिय सहमतिको सरकारका लागि राजीनामा दिने भनेर हस्ताक्षर भइसकेको अवस्थामा त्यसो गर्नु उचित नहुने बताएका थिए । यस विषयमा निर्णय लिन मंगलबार स्थायी कमिटीको बैठक बोलाइएको जानकारी प्रधानमन्त्री खनालले माओवादीलाई दिएका थिए ।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार प्रकाश ज्वालाले मन्त्रिमण्डल पुनर्गठनको विषयमा आवश्यक निर्णय एमालेको मंगलबार बस्ने स्थायी कमिटी बैठकले

Source:katipurnews

Posted by Butwalonline on 7:40 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

2 comments for "मन्त्रिपरिषद् पुनर्गठनबारे प्रमुख तीन दलबीच गम्भीर मतभेद"

  1. हाम्रो नेपाल मा कहिल्लै पनि शान्ति हुने भएन यिनी राजनीति दल हरुले किन एसरी झगडा मात्रै गरिरहन्छन के हाम्रो नेपाल मा कुनै पनि नेता विस्वास को लाएक छैन येस्तै हो भने हाम्रो नेपाल लाइ बाहिरी मुलुक ले पनि विश्वास गर्न छोड्नेछन र नेपाल को भविस्य अन्धकार मा नै रहने जस्तो लागि रहेको छ

  2. छोड़ी सके हो तुलसीराम जी बहिर का मुलुक हरु ले नेपाल को विस्वाश गर्न यस्ते हो भने नेपाल एउटा देश थियो रे भनेर इतिहास माँ अनि कथाः माँ मात्र सिमित नहोला भन्न सकिन्न,अब नेताहरूले कुर्सी अनि सत्ताको लालचमाँ नालागी यो रोईरहेको देश नेपाल नेपाली हेर्नेकी ???

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु