टीकापुर बजार बन्द
टीकापुर, श्रावण १० -
हिन्दु सनातन दल सम्बद्ध हिन्दु सुरक्षा बाहिनी टीकापुरले मंगलबार टीकापुर
बजार बन्द गरेको छ ।टीकापुर नगरपालिका-९ बनगाउमा नेपाल मगर संघको लागि
छुट्याइएको १ विघा १ कट्ठा २ धुर जग्गा व्यक्तिको नाममा दर्ता गरिएपछि
हिन्दु सुरक्षा बाहिनीले विरोधमा बन्द गरेको जनाएको छ । हिन्दु सुरक्षा
बाहिनीले सोमबार मालापोत कार्यालयमा तालाबन्दी पनि गरेको थियो ।
तालाबन्दीपछि करिब आधा घण्टापछि प्रहरीले ताला खोलेको थियो ।
बन्दले टीकापुर बजार, यातायात तथा शैक्षिक संस्था बन्द भएका छन् । विद्यालय आएका विद्यार्थी बन्द भएपछि घर फर्किएका छन् ।
एउटाको जग्गा अर्कैको नाममा दर्ता गर्ने कार्यले अख्तियारको चरम दुरुपयोग भएकोले यस्तो कार्यमा संलगन मालपोत कार्यालयका प्रमुख दीपक कुमार निरौला र नासु मोहन रसाइली तथा अग्नी शाहीलाई फौजदारी कसुर अन्तर्गत ठगी किर्ते जालसाजी मुद्धामा पक्राउ गरी कारवाही गर्नुपर्ने माग सुरक्षा बाहिनीको रहेको सुरक्षा बाहिनीले जनाएको छ ।
तत्कालीन टीकापुर विकास समितिले २०६१ सालमा मगर संघलाई दिएको जग्गा मालपोत कार्यालय र नापी शाखा कार्यालय टीकापुरका कर्मचारीको मिलोमतोमा स्थानीय डम्बरबहादुर बुढामगरको नाममा कायम गरी ८ कट्ठा जग्ग्ाा दुर्गौली-३ तोरैयापुरका बाबुराम थारुलाई विक्री गरेको किर्ते कागजात तयार पारेका जनाइएको छ ।
तत्कालीन टीकापुर विकास समितिले मगर संघलाई दिएको जग्गा डम्बरबहादुर बुढामगरले जोतभोग गर्दै आएका थिए ।
Source:kantipurnews