सलमानको घाउ फेरी बल्झिएयो
तीन वर्षअघि किङ्ग खान शाहरूखसँग कट्रिनाको बर्थ डे पार्टीमा सलमानको
सम्बन्ध बिगि्रएपछि प्रारम्भ भएको दुई खानको टक्कर अहिलेसम्म जारी छ।
अन्तर्राष्ट्रिय स्तरको कार्यक्रममा सहभागी हुँदासमेत यी दुई खान
एक-अर्कालाई तल पार्न कुनै कसर राख्दैनन्। जुन पछिल्लो समय टोरन्टोमा
सम्पन्न आईफा एवार्डमा पनि देखिएको थियो। दुई खानको यो युद्धमा अर्को
गोलावारिस भएको छ, जसले सल्लु मियाँको घाउमा नुनचुकको काम गरेको भारतीय
सञ्चारमाध्यमहरूले जनाएका छन्। सलमानकी पूर्वप्रेमिका कट्रिना कैफले गत
शनिबार २७ औ जन्मदिन मनाइन् त्यो पनि शाहरूखको घरमा, जसका कारण सलमान
कट्रिनासँग रुष्ट भए। दुई खानको बीचमा परेकी कट्रिनाले शाहरूखको घर जानुअघि
सलमानलाई चलचित्र बडीगार्डको सेटमा भेटेर बर्थडे वीस लिएकी थिइन्, तर
सलमानलाई भेटेको केही बेरमै शाहरूखले अर्डर गरेको केक कट्रिनाले उनकै घरमा
काटेको खबर सार्वजनिक भएपछि सलमानको घाउ बल्झिएको हो।
साभार: कान्तिपुर साप्ताहिक
साभार: कान्तिपुर साप्ताहिक

