|

दुई विचारधाराबीचको टकराव बाधकः रायमाझी


बुटवल, २४ असार । भौतिक योजना तथा निर्माण मन्त्री टोपबहादुर रायमाझीले शान्ति,संविधान र अग्रगमन चाहने तथा संविधानसभा विघटन गरी अधिनायकवाद वा प्रतिक्रान्ति निम्त्याउन चाहने शक्तिबीच विचारधारात्मक टकराव चलेकाले मुलुकले निकास पाउन नसकेको बताउनुभएको छ ।क्रान्तिकारी पत्रकार संघले शुक्रबार बुटवलमा गरेको पत्रकार भेटघाटमा मन्त्री रायमाझीले मुलुकमा धेरै राजनीतिक विचारधारा बोक्ने राजनीतिक शक्ति भएपनि मुख्यरुपमा यिनै दुई शक्तिबीच टकराव रहेको बताउनुभयो । पाँचबुँदे सहमति अनुसार भदौ १४ भित्र शान्तिप्रक्रियाका मुलभुत काम पूरा गरी संविधानको एकीकृत मस्यौदा ल्याउन नसके देश जातीय साम्प्रदायिक द्वन्द्व र अधिनायकवादतर्फ उन्मुख हुने उहाँको ठोकुवा थियो ।
मन्त्री रायमाझीले राजनीतिक दलहरुबीच गम्भीर संवाद गरेर सहमति गर्नुको विकल्प नभएकोमा जोड दिनुभयो । वर्तमान सरकार शान्ति ,संविधान र राष्ट्रिय सहमतिका लागि गम्भीर गृहकार्यमा लागरिरहेको दावी गर्दै रायमाझीले दलगत स्वार्थ र हठ छाडी लचकता अपनाएर राष्ट्रिय सहमतिमा आउन कांग्रेससहितका विपक्षीदलहरुलाई आग्रह गर्नुभयो । राष्ट्रिय सहमतिका लागि कुनै नेतालाई मात्र अघि सार्दा सहमतिमा असर पर्ने भएकाले हतारमा निर्णय गर्न नहुने उहाँको भनाइ छ ।
अर्को एक प्रसङ्गमा रायमाझीले पााचबुादे सहमतिअनुसार राष्ट्रिय सहमतिको वातावरण बन्न नदिएर कतै वर्तमान सरकारलाई संविधान सभा विघटनको मतियार बनाउने षडयन्त्र त भैरहेको छैन भन्ने आशंका गर्दै त्यस्तो हुन नदिन सबै चनाखो भएर खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो । माओवादीमा मात्र नभई सबै पार्टीमा अन्तर संघर्ष र विवाद रहेको भन्दै उहाँले माओवादीमा चलेको अन्तर संघर्ष र विवाद सकारात्मक निचोडमा पुगिसकेको र स्थायी समिति बैठकले टुङगो लगाउने खुलासा गर्नुभयो ।
source:onlinekhabar

Posted by Butwalonline on 9:38 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दुई विचारधाराबीचको टकराव बाधकः रायमाझी"

Leave a reply