युवा समूहको आक्रमणबाट प्रहरी जवानको मृत्यु
डोल्पा, अषाढ २४ - डोल्पाको जुफाल बजारमा स्थानीय युवा समूहसंग भएको झडपमा एक प्रहरी जवानको मृत्यु भएको छ । बिहीबार साँझ साढे ७ बजेतिर किनमेलका लागि बजार आएका प्रहरी र युवाबीच सामान्य भनाभन भएपछि ८,१० जनाको युवा समूहले प्रहरीमाथि आक्रमण गरेका थिए । आक्रमणमा अर्का एक प्रहरी घाइते छन् ।
टाउकोमा गम्भीर चोट लागेका प्रहरी जवान गुल्मीका कमल भण्डारीको उपचारका क्रममा राति नै निधन भएको हो । गम्भीर घाइते प्रहरी झमन रेउलेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । टाउकोमा चोट लागेका रेउलेलाई नेपालगंज लान तयारी गरिएपनि खराब मौसमका कारण उडान हुन सकेको छैन । आक्रमणकारीले चिरपट,दाउरा र बोतल समेतबाट प्रहार गरेका थिए । आक्रमणमा संलग्न तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी मधुसुधन खड्काले बताए ।
Source:KantipurNews