पाल्पामा पश्चिमाञ्चलका ५ जना कलाकारहरुलाई सम्मानीत
विनोद परियार, बुटवल ,१९ असारनेपाल संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठान नेपालले पश्चिमाञ्चल क्षेत्रका ५ जना कलाकारहरुलाई सम्मान गरेको छ । पाल्पाका भएको सांस्कृतिक प्रदर्शन एंव साधक सम्मान कार्यक्रममा प्रतिष्ठानले पाल्पाका नारायण रायमाझी र किरण चित्रकार, कास्कीका क्षेत्र गुरुङ्ग, पूर्ण नेपाली, गुल्मीका बम बहादुर कार्की, लमजुङ्गकी विमा कुमारी दुरालाई सम्मान गरेको हो ।
उनिहरुलाई ५ जनालाई लोकगायान तथा लोकगितको विकासका योगादन गरेको भन्दै प्रतिष्ठानले सम्मान गरेको हो भने चित्रकारलाई नाटय क्षेत्रमा योगदान दिएका भनी सम्मान गरेको हो । जनही १० हजार ताम्रपत्र तथा दोसल्लाले प्रज्ञा प्रतिष्ठानका सदस्यहरु मिथिला शर्मा, कविता आले र यज्ञराज उपाध्यायले उनिहरुलाई सम्मान गरिएको थियो । प्रतिष्ठानले सोरठी संस्कृतिक प्रर्दशन गर्ने रुप्से सपाङ्गदीका कालकारहरुलाई नगद १५ हजार र सम्मान पत्र प्रदान गरिएको थियो भने अन्य सहभागिहरु प्रर्दशनलाई जनही ६ हजार तथा सम्मान पत्र प्रदान गरिएको थियो ।कार्यक्रममा होनीमाया गन्र्धव, मिन बहादुर केसी, ब्रमशेखर ब्रजार्चाय, चित्रवलीराम सुवाल, चिरञ्जवी ढुङ्गाना, मन शेरचन, महेश देउराली, खड्क बहादुर गुरुङ्ग, नेपाल पत्रकार महासंघ पाल्पा, तानसेन नगरपालिका र पाल्पा उद्योग बाणिज्य संघ लगायत संस्था तथा विभिन्न व्याक्तिहरुलाई कदरपत्र प्रदान गरिएको थियो ।