|

म्याराडोना चढेको कार बससित ठोक्कियो

ब्युनस आयर्स, असार २८ (एएफपी)- अर्जेन्टिनी फुटबल खेलाडी डियगो म्याराडोनाले चलाएको कार राजधानी ब्युनस आयर्सबाहिरको सडकमा बससित ठोक्किएको छ। ५० वर्षीय म्याराडोना घर जाँदै गर्दा दुर्घटनामा परेको र सामान्य घाइते परेको अस्पतालले जनाएको छ।गत वर्ष विश्व कप फुटबलमा अर्जेन्टिनाको प्रशिक्षकको कार्यभार सम्हालेका म्याराडोनले अहिले युएईलाई प्रशिक्षण दिन सहमति जनाइसकेका छन्।
कारमा उनीसँगै उनका पार्टनर भेरोनिका ओजेदा रहेकी थिइन्। 'कुनै गम्भीर कुरा भएको छैन,' म्याराडोनाका डाक्टर अल्फ्रेडो क्याहेले बताए।
Source:Nagariknews

Posted by Butwalonline on 9:46 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "म्याराडोना चढेको कार बससित ठोक्कियो"

Leave a reply