|

मुग्लिनको पुलबाट हाम्फालेकी महिला बेपत्ता

चितवन (रत्ननगर), असार २८- चितवनको मुग्लिन पुलबाट त्रिशुली नदीमा हाम्फालेर एक महिला बेपत्ता भएकी छन्। मुग्लिनबाट पोखरा जाने पक्की पुलबाट छाता पुलमा नै राखेर उनी त्रिशूली नदीमा फाल हानेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै मुग्लिन प्रहरीले जनाएको छ।
नदीमा डुबेर हराइरहेकी उनको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ।
आज बिहानैदेखि उनको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।
सोमबार अपराह्न नदीमा फाल हानेकी उनको पहिचान भने खुलेको छैन। अनुसन्धानका लागि छाता तनहुँ प्रहरीलाई पठाएको मुग्लिन प्रहरीले जनाएको छ। रासस

Posted by Butwalonline on 9:43 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मुग्लिनको पुलबाट हाम्फालेकी महिला बेपत्ता"

Leave a reply