सुदूरपश्चिममा यातायात संचालन
महेन्द्रनगर, अषाढ २८ -
सोमबारदेखि बन्द रहेको सुदूरपश्चिमको यातायात सेवा संचालनमा आएको छ ।
गृहमन्त्रालयमा यातायात व्यवसायीसंग वार्ता भएपछि मंगलबार साँझ बाट सबै
यातायात संचालनमा आएको हो ।
डडेल्धुरामा नयाँ यातायात समिति दर्ता गरिएको बिरोधमा सुदूरपश्चिम यातायात
समितिले अनिश्चितकालीन हड्ताल सुरु गरेका थिए । गृहका सहसचिव सुधिर शाह र
यातायात व्यसायीबीच मंगलबार वार्ता भएको छ । दर्ता गरिएको नयाँ यातायात
समितिको फाइल केन्द्रमा मगाउने र त्यसको टुङ्गो नलागेसम्म संचालन गर्न
अनुमति नदिने दुई पक्षबीच सहमति भएको छ । त्यस्तै आन्दोलनका क्रममा पक्राउ
परेका ७ जनालाई रिहाई, प्रहरीसंगको झडपमा घाइतेको उपचार लगायतका सहमति पनि
भएको छ ।
सुदूरपश्चिम यातायात व्यवसायी समितिका संयोजक होमबहादुर कुँवरेल सहमतिको
फ्याक्स आएपछि बन्द फिर्ता लिएको बताए । साँझबाट यातायात संचालन भएपछि
विभिन्न स्थानमा रोकिएका यात्रुहरु गन्तव्य तर्फ हिडेका छन् ।
गृहमन्त्रालयले बन्द खोलायो
डीआर पन्त
डडेलधुरा,
सिण्डीकेटका पक्षमा पांचदिन देखि बन्द भएको सुदूरपश्चिमको यातायात
गृहमन्त्रलाय र यातायात ब्यबसायी राष्ट्रीय महासंघ बिच भएको पांच बुंदै
सम्झौता पछि खुलेको छ ।
मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको डडेलधुरा सार्वजनीक
यातायात बैधानीक प्रकृया पुरा नगरी दर्ता भएको महासंघको उजुरीको छानबिन
गर्न फाईल मन्त्रालय झिकाउने निर्णय समेत गरेको छ । मन्त्रालयले छानबिन
प्रकृया पुरा नहुंदासम्म उक्त यातायातको कुनै पनि कामकार्वाहीमा समेत रोक
लगाउने निर्णय गरेको छ । मन्न्त्रालय द्वारा जारी बिज्ञप्तीमा गिरफ्तार
सबैलाई प्रकृया पुगाई रिहा गर्ने , घाईते मजदुरको उपचारको ब्यबस्था गर्ने
समेत जनाइएको छ ।
मन्त्रालयले सार्वजनीक यातायात जस्तो अत्यावश्यक सेवामा बन्द हड्ताल नगरी
सबैलाई बार्ताका माध्यमबाट समस्याको समाधान गर्न आग्रह समेत गरेको छ ।
Source:Nagariknews