अपाङ्ग पुर्नस्थापना केन्द्र बुटवलको आयोजनामा आजदेखि पाँच दिने सिपमुलक मैनबत्ति तालिम
विनोद परियार, बुटवल रुपन्देही,१९ असार पश्मिाञ्चल अपाङ्ग पुर्नस्थापना केन्द्र बुटवलको आयोजनामा आजदेखि पाँच दिने सिपमुलक मैनबत्ति तालिम शुरु भएको छ । बुटवल नगरपालिकाको सहयोगमा संचालित तालिममा आर्थिक अवस्था कमजोर भएका अपाङ तथा उनीहरुका अभिभावकहरु गरि २५ जनाको सहभागिता रहेको छ । आगामि २३ गतेसम्म संचालन हुने तालिमको एक समारोहका विचमा उद्घाटन गरिएको हो । सो अवसरमा बोल्दै बुटवल नगरपालिकाका सामाजिक अधिकृत दामोदर खनालले शारीरीक रुपमा असक्त भएकाहरुलाई यस्ता सिप फलदायी हुने भन्दै नगरपालिक सहयोग गर्न तयार रहेको बताउनुभयो ।
तालिम उद्घाटनको अवसरमा संस्थाका अध्यक्ष नेत्रलाल राना, राष्ट्रिय अपाङ महासंघका कार्यक्रम संयोजक अर्जुन तामाङ, नयाँ जीवनको लागि हातेमालो बुटवलका सुपरीवेक्षण मनु पाण्डे, पुष्पा विक लगायतले बोल्दै जीवनउपयोगि सिपका लागि राज्यले लगानी गर्नुपर्ने धारणा राख्नुभएको थियो । बुटवलनगरपालिका र शंकरनगर गाविसका अपाङ तथा उनीहरुका अभिभावकहरुको सहभागिता रहेको तालिमको विष्णु विकले सहजीकरण गर्नुभएको छ । ।