नेपाल खेलकुद पत्रकार मञ्च रुपन्देहीको ७ सदस्यीय सल्लाहकार समिति चयन
नेपाल खेलकुद पत्रकार मञ्च रुपन्देहीको बैठकले ७ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । बुटवलमा बसेको बैठकले सल्लाहकारमा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दीपक ज्ञवाली, क्षेत्रीय क्रिकेट संघ क्षेत्र नं ४ का अध्यक्ष प्रेम सेन्चुरी, अखिल नेपाल फुटवल संघ एन्फाका केन्द्रीय सदस्य तथा जिल्ला फुटवल संघ रुपन्देहीका अध्यक्ष हरि श्रेष्ठ, प्याब्सन रुपन्देहीका अध्यक्ष विष्णु पन्थी, खेल पत्रकार यमलाल भुसाल, अम्पायर समिर खान र समाजसेवी ऋषिकेश अग्रवाललाई चयन गरेको हो ।
बैठकले रुपन्देहीमा हुने खेलकुदका क्रियाकलाप र खेल क्षेत्रका संभावना, समस्या, समाधानलाई समेटेर त्रैमासिक बुलेटिन प्रकाशन गर्ने निर्णय गरेको छ ।
जसको तयारीका लागि मञ्चका उपाध्यक्ष रवि पन्तको संयोजकत्वमा सचिव सुरज भण्डारी, कोषाध्यक्ष दीपक घिमिरे, सदस्यहरु स्वष्तिक श्रेष्ठ र दीपक न्यौपाने सदस्य रहने बुलेटिन प्रकाशन तयारी समिति गठन गरेको छ ।
यस्तै खेलकुदको विकास र विस्तारका लागि कार्यक्रम गर्नका लागि कोषाध्यक्ष दीपक घिमिरेको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ । जसको सदस्यहरुमा विश्वास ढकाल, तेजेन्द्र केसी, अरुण ज्ञवाली र प्रकाश पाण्डे रहनुभएको छ । मञ्चका अध्यक्ष सुमन अधिकारीको अध्यक्षतामा बसेको बैठकले विद्यालय तहका विद्यार्थीलाई खेलकुद क्षेत्रमा क्रियाशील गराउनका लागि प्याब्सन रुपन्देहीसाग समन्वय गरी भैरहवामा सेमीनार गर्ने निर्णय पनि गरेको छ ।

Posted by Butwalonline
on 8:25 PM. Filed under
Local News,
News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response