एसएलसी नतिजाको समीक्षा र आगामी परीक्षा सुधार सम्बन्धमा ,जिल्ला स्तरीय गोष्ठी सम्पन्न
विनोद परियार, बुटवल रुपन्देही,१९ असारशैक्षिक सत्र ०६७ को एसएलसी परीक्षामा सन्तोषजनक नतिजा नल्याएको भन्दै जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीले जिल्लाका ६ वटा सामुदायिक विद्यालयसँग स्पष्टीकरण सोधेको छ ।
विद्यालयमा सरकारले दिनु पर्ने सुविधा प्राप्त हुँदाहुदै पनि शिक्षाको गुणस्तरमा कमी आएको भन्दै जिल्लाका ६ विद्यालयलाई स्पष्टीकरण र ४९ विद्यालयलाई सचेत पत्र पठाइएको जिल्ला शिक्षा कार्यालयका विद्यालय प्रशासन अधिकृत लिलाबहादुर राउत क्षेत्रीले जानाकारी दिनुभयो । स्पष्टीकरण मागिएका विद्या्यालयहरुमा जनजागृति मावि धनचौर,मन्द्रे मावि सुर्वणाखाल,सूर्य उच्च मावि गोखुङगा,भगवती मावि ढिकुरा,भगवती मावि नुवाकोट र शिवादह मावि जुकेना रहेको जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले जानकारी दिनुभयो । पत्र काटिएका विद्यालयहरुले चित्त बुझ्दो जवाफ नदिए कानुनी प्रक्रियाअनुसार अगाडि बढ्ने शर्माको चेतावनी छ । गत वर्षको तुलनामा यो वर्ष जिल्लाको नतिजा प्रतिशत बिग्रिएपछि जिल्ला शिक्षा कार्यालयले कडाई गर्न थालेको छ ।यसैबीच सम्बन्धित क्षेत्रका विज्ञहरुले राजनीतिक दलहरुले शिक्षक नियुक्ति र व्यवस्थापना समिति गठन गर्दा क्षमतालाई भन्दा राजनीतिक आस्थालाई जोड दिने गरेकाले शिक्षाको गुणस्तर खस्किएको आरोप लगाएका छन् । जिल्ला शिक्षाले एसएलसी नतिजाको समीक्षा र आगामी परीक्षा सुधार सम्बन्धमा आईतबार आयोजना गरेको जिल्ला स्तरीय गोष्ठीमा सहभागी सरोकारवालाले सो धारणा राखेका हुन् ।