जिल्लाबाट विशिष्ट श्रेणीमा उत्तीर्ण भएका विद्यार्थीहरुले अनेरास्वीयु रुपन्देहीले सम्मान गर्ने
विनोद परियार, बुटवल रुपन्देही,१९ असारयसवर्षको एसएलसी परीक्षामा जिल्लाबाट विशिष्ट श्रेणीमा उत्तीर्ण भएका विद्यार्थीहरुले अनेरास्वीयु रुपन्देहीले सम्मान गर्ने भएको छ । सो सम्मान कार्यक्रममा सहभागी हुन पुर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पर्सि बुटवल आउने कार्यक्रम रहेको छ ।
अनेरास्ववियु रुपन्देही जिल्ला कमिटीले यसवर्षको एसएलसी परीक्षामा जिल्लाबाट विशिष्ट श्रेणीमा उत्तीर्ण विद्यार्थीहरुका लागि आयोजना गरेको सम्मान कार्यक्रममा सहभागी हुन नेपाल बुटवल आउन लागेको बताईएको छ । बुटवलस्थित कान्ति सभागृहमा बिहान साढे १० बजे हुने कार्यक्रमका लागि उहााका साथै कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष माधव ढुंगेलसहित केन्द्रीय सदस्यहरुसमेत सहभागी हुने अनेरास्ववियु रुपन्देहीका अध्यक्ष यमराज पाण्डेले जानकारी दिनुभयो । शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल ४१ वटा विद्यालयलाई समेत सम्मान गरिने बताएको छ । यसवर्षको एसएलसीमा रुपन्देहीबाट ९ सय ९४ जना विद्यार्थी विशिष्ट श्रेणीमा उत्तीर्ण भएका थिए ।

Posted by Butwalonline
on 8:13 PM. Filed under
Local News,
News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response