गुल्मी जिल्लाका विभिन्न स्थानका चार विद्यालय र तिन गाउँ पहिरोको जोखिममा
विनोद परियार, बुटवल,१९ असारबर्षा शुरुभएसंगै गुल्मी जिल्लाका विभिन्न स्थानका चार विद्यालय र तिन गाउँ पहिरोको जोखिममा परेका छन् । पहिरोले आधा दर्जन घर गोठ भत्काईदिंदा लाखौंको क्षति पुगेको प्रहरीले जनाएको छ ।
पहिरोले हाडहाडे–६ को सोमरभोमर माध्यामिक विद्यालयको नयाँ भवनको दुई कोठा भत्काईदिंदा विद्यालयको ८ लाख ५० हजार, छापहिले–३ को मालिका प्राथमिक विद्यालयको पनि दुई कोठे भवन भत्कादिंदा ४ लाख, तम्घास, जैसीथोक, दर्लामचौर गाविसमा दर्जनौ व्यक्तिका घर गोठ भत्किदा झण्डै ७ लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक श्याम अर्यालले बताउनु भयो । त्यस्तै पहिरोको कारण हर्दिनेटा–५ को भगवती प्राथमिक विद्यालय र बम्घा–५ को जनजागरण प्राथमिक विद्यालय पनि पहिरोको जोखिममा परेका छन् ।
त्यस्तै पहिरोका कारण हर्दिनेटाको लुम्छा बजारका झण्डै ५ घरलाई विस्थापित भएका छन् । पहिरोले माधवप्रसाद पन्थको पक्की घरको पेटी भत्कीएको छ । पहिरोले दुर्गम नेटा गाविसको बसेनी गाउँका १२ घर जोखिममा पारेको छ । पहिरोका कारण तम्घास गाविस–८ का श्रृषिराम वि.क., सोही स्थानकै शिवलाल पाण्डे, भिमा कामी, लालबहादुर काउछा र जैसीथोकका डिलबहादुर परियारको घर गोठमा क्षति पुर्याउँदा ९ लाख भन्दा बढीको क्षति भएको छ ।
उता अबिरल बर्षासंगै दाङको बबई नदिमा बहाव बढ्न थालेपछि पश्चिम दाङका मानिस प्रत्यक्ष असरमा पर्न थालेका छन् । गोल्टाकुरी १ र २ गाउका मानिस लाई खेतीपातीका लागि आबश्यक पर्ने रासायनिक मलका लागि नदी वारपार गर्न समस्या भएको छ ।

Posted by Butwalonline
on 8:11 PM. Filed under
Local News,
News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response