|

घर भित्रै करेन्ट लागेर मृत्यु

गुल्मी, अषाढ २२ - घर भित्रै करेन्ट लाग्दा गुल्मीको बडागाउँमा बुधबार विहान एक जनाको मृत्यु भएको छ ।
कोठामा टेलिभिजन हेर्नेक्रममा मंगलबार साँझ करेन्ट लागेका बडागाउँ-६ धरमपानीका ५६ वर्षीय विष्णुप्रसाद घिमिरेको बुधबार विहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीय अर्जुन घिमिरेका अनुसार टेलिभिजन हेर्नका लागि स्वीच अन गर्दा विष्णुप्रसादलाई करेन्ट लागेको थियो । साँझदेखि नै बेहोस उनको बुधबार विहान मृत्यु भएको थियो । 

Source:kantipurnews

Posted by Butwalonline on 2:31 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "घर भित्रै करेन्ट लागेर मृत्यु"

Leave a reply