|

रुखबाट लडेर बालिकाको मृत्यु

जाजरकोट, अषाढ २२ - जिल्लाको खलंगा -८, रिम्नामा जामुनको रुखबाट लडेर  एक बालिकाको  मृत्यु भएको छ ।
रुकुम, घेत्मा -४ घर भै रिम्ना बजारमा बस्दै आएकी १० बर्षीया मोती बुढाथोकी  स्थानीय मेडीकलमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताए । बालिका स्थानीय ढोट्का जंगलमा जामुन फल टिप्ने क्रममा मंगलबार रुखबाट लडेर झण्डै २० मीटर तल खसेर गंम्भीर घाइते भएकी थिइन् ।

Source:Kantipurnews

Posted by Butwalonline on 2:27 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "रुखबाट लडेर बालिकाको मृत्यु"

Leave a reply