युनिटीका डाइरेक्टर तथा बीमा निर्देशक पक्राउ
काठमाडौं, असार २२ - युनिटी लाइफ इन्टरनेशनलले गरेको ठगीसम्बन्धी मुद्दाका फरार अभियुक्त तथा मोस्टवान्टेड सूचीमा रहेका उक्त संस्थाका बोर्ड अफ डाइरेक्टर तथा बीमा निर्देशक विश्वनाथ गौतमलाई प्रहरीले पक्राउ गरेको छ। उनले १८ हजार १ सय ३० डलर कमिसन लिएको प्रहरी आरोप छ।हाल काठमाडौं महानगरपालिका–९ गौशाला बस्ने तेह्रथुम जिल्ला महराङ्ग–५ ठेगाना भएका गौतमलाई प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्युरो र महानगरीय प्रहरी परिसर ललितपुरको संयुक्त टोलीले असार २१ गते पक्राउ गरेको हो। उनलाई काठमाडौं महानगरपालिका–३४ मध्य बानेश्वरबाट पक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ।उनले १८ हजार १ सय ३० अमेरिकी डलर कमिसन लिएको खुल्न आएको उक्त व्युरोले जनाएको छ। यस सम्बन्धमा महानगरीय प्रहरी परिसर ललितपुरबाट अनुसन्धान भइरहेको जनाइएको छ।
Source:Nagariknews