गर्भवती विवादमा ऐशलाई बचाउँदै अमिताभ
बलिउड नायिका तथा बुहारी ऐश्वर्या राय गर्भवती बनेपछि उत्पन्न विवादका कारण बिग बि अर्थात अमिताभ बच्चन र उनका परिवार चिन्तित छन् । निर्माणाधिन फिल्म ‘हिरोइन’ मा साइन गर्दा एशले आफू गर्भवती भएको नबताएको र यसले फिल्म निर्माणमा बाधा पुगेको सह-निर्माता मधुर भण्डारकरले आरोप लगाएका छन् । पूर्व विश्व सुन्दरी ऐशले गर्भवती भएको कुरा लुकाउदा भारु १८ करोड आर्थिक नोक्सान भएको मधुरको दाबी छ । यहि हल्लाले बच्चन परिवारको रातको चैन खोसेको छ । गर्भवती विवादले चर्को रुप लिएपछि अमिताभ अहिले ऐशको बचाउका लागि मैदानमा उत्रिएका छन् ।
अजमेर दरगाह भ्रमणका क्रममा अमिताभले भने- ‘ऐश, मुधर र यूटीवी पिक्चर सह-निर्माताबीच भएको सहमती छिट्टै बाहिर आउनेछ । हल्लालाई पुर्णविराम लगाउन सत्य बाहिर आउनु आवश्यक छ ।’ बुहारीको बचाउमा पहाड झै उभिएका अमिताभले मुधरको आर्थिक नोक्सान भएको भन्ने आरोपमा कुनै तुक नभएको समेत बताए । साइन गर्दा विवाह भैसकेकोले के ऐशलाई आमा बन्ने अधिकार छैन ? भनी अमिताभले निर्माण पक्षलाई उल्टो प्रश्न गरे ।
फिल्ममा साइन गर्नुअघि विवाह वा बच्चा जन्माउन नहुने भनिएको सम्झौतामा साइन गर्न कुनै बाध्यता नरहेको अमिताभले तर्क गरे । बिग बी यूटीवीसँग पनि उनी निकै रुष्ट बनेका छन् । यसै ब्यानरमा अभिनय गरेको धेरै फिल्महरुमध्ये ‘जानी वाकर’ अझै रिलिज नभए पनि आफूले यसबारे कुनै प्रश्न नगरेको अमिताभले बताए । यद्यपी ऐशले विवादबारे कुनै टिप्पणी गरेकी छैनन् । ऐश निकट स्रोतले भने फिल्म शुटिङ भएको एक हप्ता मात्र भएकोले दाबी गरिए झै नोक्सान नभएको जनाएको छ ।
Source:Onlinekhabar