जनजाति युवा महासंघ रुपन्देहीको जिल्ला पदाधिकारीहरुको जिम्मेवारीमा हेरफेर
विनोद परियार
बुटवल,६ साउन
नेपाल आदिवासी जनजाति युवा महासंघ रुपन्देहीले जिल्ला पदाधिकारीहरुको पदहरुमा जिम्मेवारी हेरफेर गरेको छ । आज भएको आदिवासी जिल्ला युवाहरुको भेलाले केन्द्रिय सदस्यमा मनोनित भएका महेन्द्र लिगलको उपाध्यक्ष पदमा सित्तल श्रेष्ठलाई चयन गरेको छ । जिल्ला प्रतिनिधित्व गर्दै लिगललाई गएको महिनाको केन्द्रिय समितिले केन्द्रिय सदस्यमा मनोनित गरेको थियो ।
त्यस्तै सचिवमा प्रेम सोमै मगरलाई चयन गरेको छ । यसअघि सचिव निष्कृय भएपछि जिल्ला भेलाले यस्तो निर्णय गरेको हो । विश्व आदिवासी दिवसमा अवसरमा आउदो १७ गते मगलबारका दिन ‘नया सविधानमा आदिवासी जनजातिका सवालहरु विषयक अन्तरकृया’ गर्ने निर्णय गरेको छ । अन्तरकृयमा जनजाति युवा महासंघका केन्द्रिय अध्यक्ष पृथ्वीमान गुरुङले कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ । जिल्ला तदर्थ समितिका अध्यक्ष दिपक गुरुङको अध्यक्षतमा भएको वैठकलले विश्व आदिवासीमा दिवसमा परिचालन गर्नका लागि अध्यक्ष गुरुङ सयोजक रहेको स्वयसेवक परिचालन समिति बनाएको छ । केन्द्रिय सदस्य महेन्द्र लिगलको विशेष उपस्थितिमा भएको भेलाले विश्व आदिवासी दिवसमा आदिवासी जनजाति महासंघले गर्ने हरेक कार्यक्रममा सहयोग गर्ने निर्णय पनि गरेको छ ।