|

सर्पको टोकाईबाट दाङमा एक जनाको मृत्यु

विनोद परियार
बुटवल,६ साउन 
दाङमा सर्पको टोकाईबाट एक जनाको मृत्यु भएको छ । तुलसिपुर नगरपालीका वडा नम्बर १० डााडा खुटिका ३८ वर्षिया शारदा बुढाथोकीको सर्पको टोकाईबाट मृत्यु भएको बताइएको छ । घास काट्दै गर्दा सर्पले टोकेको र उपचारका लागि घोराही ल्याउदै गर्दा गएराति बाटोमै मृत्यु भएको हो 


यसैविच दाङमा भएको सडक दुर्घटनामा परी १ जना गम्भिर घाईते भएका छन । नेपालगञ्जवाट दाङको घोराहितर्फ आउदै गरेको रा १ प ९६०० नम्वरको मोटरसाईकललाई रा १ त ७४४  टेक्टरले घोराहि लमहि सडकखण्डको मसोट खोलामा ठक्कर दिदा घोराहि नगरपालीका १० का रमेशवहादुर राणा गम्भिर घाईते भएको प्रहरीले जनाएको छ । घाईते राणाको प्राथामिक  स्वास्थ केन्द्र लमहिमा उपचार भैरहेको ईलाका प्रहरी कार्यलय लमहिले जनाएको छ । 

Posted by Butwalonline on 11:17 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सर्पको टोकाईबाट दाङमा एक जनाको मृत्यु"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु