|

माइतीघरमा माइक्रो दुर्घटना, एकको मृत्यु

काठमाडौँ, असार २५ - राजधानीको माइतीघर मण्डला नजिक आज बिहान भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। बा१ज ६०४५ नंको माइक्रोबस अनियन्त्रित भई सडकमा पल्टिँदा त्यसमा सवार ठेगाना नखुलेका तिलबहादुर क्षेत्रीको मृत्यु भएको हो। यस दुर्घटनामा अर्का एकजना गम्भीर घाइते भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

माइक्रोबसमा सवार दोलखाका अर्का यात्रु सागर योगीको गम्भीर अवस्थामा हाल वीर अस्पतालमा उपचार भइरहेको पनि ट्राफिक प्रहरीले जनाएको छ।
दुर्घटनापछि माइक्रोबस चालक फरार रहेका छन् भने दुर्घटनाग्रस्त माइक्रोबसलाई ट्राफिकले नियन्त्रणमा लिएको छ।
दुर्घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाइएको छ। -रासस

Posted by Butwalonline on 6:58 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "माइतीघरमा माइक्रो दुर्घटना, एकको मृत्यु"

Leave a reply