विधवा बलात्कार आरोपमा युवक पक्राउ
रुकुम, असार २५ - विधवा बलात्कार आरोपमा प्रहरीले शुक्रबार एक युवकलाई पक्राउ गरेको छ। पश्चिम रुकुमको कोटजहारी गाविसस्थित एक २० वर्षीया विधवालाई बलात्कार गरेको आरोपमा सोही गाउँका लक्ष्मण कुँवरलाई प्रहरीले पक्राउ गरेको हो।असार २० गते गाई चराउन एक्लै जंगल गएको बेला त्यहीँ बलात्कार गरेको पीडितको उजुरीका आधारमा कुँवरलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी निरीक्षक युवराज खड्काले वताए। पीडितका लोग्नेको दुई वर्षपहिले मृत्यु भएको हो। उनको ३ वर्षको छोरो छ।
Source:Nagariknews