सर्पले एक युवकको ज्यान लियो
२१ जेठ, नवलपरासी । नवलपरासीको दिब्यपुरी गाविसमा सर्पको टोकाइबाट एक युवकको ज्यान गएको छ । दिब्यपुरी ६ झाक्रेका १९ वर्षीय प्रदीप भट्टको सर्प दंसका कारण ज्यान गएको हो ।
घरमै बसिरहेकाबेला अचानक सर्पले टोकेपछि भरतपुर अस्पतालमा पुर्याइएकामा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका काठमाडौंको टेकु अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको बताइएको छ ।
मृतक भट्ट चौधरी उधोगमा सीसी टिभी इलेक्ट्रोनिक्सका रुपमा कार्यरत थिए । विषालु सर्प धेरै पाइने नवलपरासीको नवलपुर क्षेत्रमा सर्प दंसको उपचार गर्ने व्यवस्था नहँदा स्थानीय बासिन्दा मर्कामा परेका छन् ।
Source:Onlinekhabar
Posted by Butwalonline
on 10:01 AM. Filed under
Local News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response