|

समाचार बहिस्कार, सम्पादकीय खाली

कलेन्द्र सेजुवाल, सुर्खेत, असार ३ - सुर्खेतका स्थानीय सञ्चारमाध्यमहरुले पत्रकार खिलानाथ ढकालमाथि आक्रमण गर्ने पर्शुराम बस्नेतलाई पक्राउ गर्न ढिलाई भएको विरोधमा एक दिन पत्रिकाको सम्पादकीय खाली छोड्नुका साथै युवा संघले गर्ने कार्यक्रम बहिस्कार गर्ने भएका छन्।नेपाल पत्रकार महासंघको आयोजनामा बिहीबार सम्पन्न सञ्चारमाध्यमका सम्पादकहरुको भेलाले यस्तो निर्णय गरेको हो। महासंघका अध्यक्ष दुर्गा थापाका अनुसार स्थानीय पत्रिकाको शुक्रबार अंकमा सम्पादकीय कोलममा 'पत्रकारमाथि आक्रमण गर्नेलाई संरक्षण हैन, कारबाही गर' भन्ने सोलोगन लेखिनेछ। स्थानीय एफएम र टेलिभिजनहरुमा पनि समाचारको बीचमा उक्त सोलोगन वाचन गरिनेछ।त्यस्तै, भेलाले युवा संघद्धारा घटनाको विषयमा हुने कुनै पनि कार्यक्रमको समाचार वहिस्कार गर्ने निर्णय गरेको छ। यही निर्णयका आधारमा युवा संघले बिहीबार वीरेन्द्रनगरमा गरेको मसाल जुलुसमा पत्रकारहरु समाचार संकलनको लागि गएनन्। सुर्खेतमा कुनै पनि सञ्चार माध्यमहरुमा सोसम्वन्धी समाचार पनि प्रकाशन/प्रशारण भएनन्।


Source:Nagariknews

Posted by Anonymous on 4:23 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "समाचार बहिस्कार, सम्पादकीय खाली"

Leave a reply