महावीरको बेतारे सञ्जाल डेढ सय गाउँमा
दिलीप पौडेल, बाग्लुङ, असार ३ - चर्चित म्यागासेसे पुरस्कारविजेता महावीर पुनको दुर्गम गाउँमा वायरलेस (बेतारे) सञ्जालबाट सूचनाको पहुँच वृद्धि गर्ने अभियान १३ जिल्लाका डेढ सय गाउँमा पुगेको छ । आफू जन्मेको गाउँ म्याग्दीको नागीमा उनले थालेको इन्टरनेट, वायरलेस सञ्जाल देशव्यापी बन्दै गएको हो। सूचनाको पहुँचबाट टाढा रहेका क्षेत्रमा इन्टरनेट सेवासँगै इ-एजुकेसन, इ-कम्युनिकेसन, इ-मेडिसिन, इ-कमर्स, इ-टुरिजम, क्रेडिट कार्ड, ट्रान्जेक्सन सिस्टमजस्ता सुविधा दिएका छन्।
बाग्लुङ, पर्वत, मुस्ताङ, गुल्मी, रामेछाप, नुवाकोट, स्याङ्जा, तनहुँ, नवलपरासी, मकवानपुरलगायत १३ जिल्लामा पुगेको छ। 'विदेशमा रहेका नेपाली र स्थानीयको सहयोगमा काम गरिरहेको छु,' पुनले भने, 'सरकारको सहयोग नपाउँदा योजना कार्यान्वयनमा ढिलाइ भएको छ।'
इन्टरनेटको माध्यमबाट हिमाली तथा पहाडी क्षेत्रका बासिन्दा गाउँमै बसेर सस्तो, छिटो र भरपर्दो तवरले टेलिमेडिसिनमार्फत उपचार सेवा लिनुको साथै विदेशमा रहेकाहरुसँग समेत सहजै सम्पर्क गरिरहेका छन्।
यहाँका शैक्षिक संस्थामा ताररहित इन्टरनेट जडान भएकामा विद्यार्र्थी पनि निकै उत्साहित छन्। 'गाउँमा बसे पनि इमेल इन्टरनेटको पहँुचले यहाँका विद्यार्थी विश्वसँग नजिकिन पाएका छन्,' गलकोट उच्चमावि बागलुङका प्राचार्य देवेन्द्र खत्रीले बताए।
म्याग्दीको उत्तरी क्षेत्रका नागी, राम्चे, हिस्तान, बिम, रिम, शिख, घारा, पाउद्वारका शैक्षिक संस्थाका कम्प्युटर शिक्षासँगै इमेल इन्टरनेटमा रमाउन पाएका छन्। म्याग्दीको पर्यटकीय स्थल खोप्रा लेकमा ताररहित इन्टरनेटमा विदेशी पर्यटक पनि रमाइरहेका भेटिन्छन्। 'बेतारे इन्टरनेट सेवाले विदेशी पर्यटकले निकै फाइदा लिएका छन्,' होटल व्यवसायी धनवीर शेर्पुजाले भने, 'पर्यटन प्रवर्द्धन भएको छ।'
सूचना प्रविधिको क्षेत्रमा पुर्या'एको योगदानको सम्मान गर्दै पुनलाई सन् २००७ मा अन्तराष्ट्रिय म्यागसेसे पुरस्कार दिइएको थियो।
सरकारको सहयोग नपाएपछि खिन्न पुनले रकम अभावकै कारण विदेशमा रहेका साथीसँग एक महिनामा एक डलर दान कार्यक्रम चलाइरहेको बताए। 'वायरलेस प्रोजेक्टका लागि (वन डलर अ मन्थ) एक महिनामा एक डलर दान कार्यक्रम चलाएको छु,' पुनले भने, 'सोही रकमबाट विद्यालयमा सेवा प्रदान गरिरहेको छु।'
पुनले जापान, अमेरिका, हङकङ, बेलायतबाट करिब ३० हजार डलरभन्दा बढी रकम जम्मा गरिसकेका छन्।
अन्तर्राष्ट्रिय टेलि कम्युनिकेसन युनियन, विश्व बैक जस्ता अन्तराष्ट्रिय संस्थाहरुले पनि पुनको परियोजनामा सहयोग पुर्यारएका छन्। पुन अहिले वायरलेस सँगै पर्यटन क्षेत्रमा पनि आफ्नो सक्रियता बढाएका छन्। पर्वत र म्याग्दीमा नयाँ पैदलमार्ग निर्माण गरी सामुदायिक लज निर्माणमा गरी पर्यटनको विकासमा समेत लागेका छन्।
Source:Nagariknews